क्याम्पसलाई कम्प्यूटर

  प्रकाशित मिति
२३ कार्तिक २०७३, मंगलवार ११:०५


20161107_115508

विर्तामोड । समुदायबाट सञ्चालित विर्तामोड–९ स्थित विर्ताबजारको अनारमनी पब्लिक क्याम्पसलाई स्थानीय दाताहरुले मन खोलेर सहयोग गरेका छन् । उनीहरुले क्याम्पसको शैक्षिकस्तर उन्नतिका लागि भनेर कम्प्युटर मल्टिमिडिया (प्रोजेक्टर) दिएका हुन् ।

विर्तामोडका स्थापित व्यवसायी तथा समाजसेवीले चार थान कम्प्युटर र एउटा प्रोजेक्टर प्रदान गरेका हुन् । रमिता प्रसार्इं, सङ्गीता प्रसार्इं, प्रकाश शिवाकोटी, दिपेश पाठक र सुवास श्रेष्ठले ती प्रविधि क्याम्पसलाई सोमवार हस्तान्तरण गरेका छन् ।

अहिलेको सूचना प्रविधिको आवश्यकतालाई मध्यनजर गरी पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरुले कम्प्युटर प्रदान गरेको दाताहरुले बताएका छन् । कार्यव्रmममा सांसद सुधिरकुमार शिवाकोटीले क्याम्पसको शैक्षिक स्तरोन्नति लागि आफूले पहल गर्ने वचन दिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यव्रmममा क्याम्पसका सल्लाहकार समिति संयोजक हर्कलाल गिरी, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश पोखरेललगायतले दाताहरुले दिएका सामाग्रीको सही सदुपयोग र व्यवस्थापन गर्नसके दाताहरुमा थप आकर्षण बढ्न सक्ने सुझाव दिए ।

२०६४ सालमा स्थापित अनारमनी क्याम्पस विर्तामोड क्षेत्रको एक मात्र सामुदायिक क्याम्पस हो । सो क्याम्पसमा अधिकांश विपन्न समुदायका विद्यार्थी अध्ययनरत छन् । हाल एक सय २२ जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख मोहन शिवाकोटीले जानकारी दिए । उनका अनुसार ७ वटा व्याचका विद्यार्थी विर्तामोडमा सञ्चालित विभिन्न बैङ्कमा कार्यरत छन् । हरेक वर्ष क्याम्पसले उत्कृष्ट नतिजा निकाल्न सफल भइरहेको उनले बताए ।

क्याम्पसले २१ जना विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था पनि मिलाएको जनाएको छ । एकलाख भन्दा बढी क्याम्पसलाई सहयोग गर्ने दाताहरुका छोराछोरीलाई सो व्यवस्था मिलाइएको हो ।

दाताहरुकै सहयोगको भरमा चलिरहेको सो क्याम्पसले शैक्षिकस्तर उन्नतिका लागि सबैसँग सहयोगको आव्हानसमेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: