नयाँ संस्कार निर्माण गर्ने कि ?

  प्रकाशित मिति
२६ कार्तिक २०७३, शुक्रबार १५:१९


नेपाली समाजमा मानवको जन्मदेखि मृत्युपर्यन्त गरिने संस्कारले नेपालीे हामी अन्धपरम्पराबाट ग्रसित छौँ । बहुसङ्ख्यक हिन्दु धर्म मान्नेहरु र हिन्दु धर्म नमान्ने भएपनि कतिपय जनजातिहरु हिन्दुकरण भएर हिन्दु संस्कार अनुसार कर्मकाण्ड गर्ने गर्छन् । समाज र देश परिवर्तन गर्न लागेका व्रmान्तिकारी भनिएकाहरुले पनि समाजमा रहेको कु–संस्कारलाई विभिन्न बहानामा बचाएर निरन्तरता दिइरहेका छन् । यो काममा वर्तमान समाजका अगुवा भनिएकाहरु नै लागेका हुन् भन्ने आरोप छ ।

मुलतः हिन्दु धार्मिक संस्कारलाई आत्मसात गर्दा गर्भाधानदेखि अन्त्येष्टिसम्म सोह्रवटा संस्कारको पालना गर्नुपर्ने हुन्छ । जसलाई षोड्ससंस्कार भन्ने गरिन्छ । यी षोड्ससंस्कार मध्ये पनि हिन्दु वर्ण व्यवस्था अनुसार बाम्ह्ण, क्षेत्री, वैश्य र शुद्रले फरक–फरक संस्कारको पालना गर्नुपर्ने व्यवस्था छ । जस्तैः व्रतबन्ध, वेदारम्भ, दीक्षान्त जस्ता संस्कार शुद्र वर्ण र स्त्रीका लागि बर्जित छ । यसले समाजमा रहेको विभेदलाई निरन्तरता दिने काम गरेको छ ।

विगत लामो समयदेखि बौद्धिक वर्गले समयसापेक्ष सामाजिक संस्कारमा परिवर्तन ल्याउन प्रयास नगरेका होइनन् । तथापि उनीहरुले गरेका व्रिmयाकलापलाई अनुशरण गर्ने पुस्ता उल्लेख्य रुपमा वृद्धि हुन सकेका छैनन् । तर पनि अबको एक्काइसौँ शताब्दीका नेपालीहरुले नयाँ संस्कार निमाणर््ाका लागि केही न केही कदम चाल्नुपर्ने अपरिहार्य छ । सयौँ वर्षअघि पुर्खाहरुले निर्माण गरेका संस्कार तत्कालीन समाजमा उपयोगी थिए होलान् । तर, वर्तमान समाजमा पनि उत्तिकै उपयोगी छ भन्नु ‘साउनमा आँखा फुटेको गोरुले सधँै हरियो देखे’ जस्तो मात्र हो भन्दा फरक नहोला ।

कुनै पनि वस्तुमा सतप्रतिसत खराबी या राम्रो हुँदैन । वर्तमान संस्कारमा पनि सतप्रतिसत खराबी छ भन्न खोजिएको होइन । तर, अधिकतम् खराबी भएपछि त्यस्ता वस्तु, संस्कार त्याज्य हुन्छन् भन्ने कुरा भुल्नु हुँदैन । हाम्रा समाजका एकखाले पढेलेखेका भनाउँदाहरु पुराना संस्कारको गुणगान गाउँदै महादेवले झैँ मरेको सतीको मृत शरीर काँधमा बोकेर हिँडे सरी कु–संस्कारलाई बोकेर हिँड्नुलाई महान् कार्य सम्झन्छन् ।

धेरैलाई थाहा छ, हामीले मान्दै आएका संस्कार मिथक मात्र हुन् भन्ने तर उत्तम विकल्पको अभावमा खराब संस्कारमा गाजिन बाध्य हुनु परेको छ । आज हामी त्यही उत्तम विकल्पको बारेमा बहस सुभारम्भ गर्ने जमर्को गर्नेछौँ । यहाँ हिन्दु संस्कारका षोड्ससस्ंकार मध्ये अनिवार्य रुपमा खर्चिलो र भड्किलो ढङ्गले सम्पन्न गरिने तिन संस्कार जन्म, विवाह र मृत्युका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । यी मानवले गर्नैपर्ने कार्य हुन् ।

जन्म संस्कार
बच्चाको जन्म हुनु शुभ हो । तर, पनि हिन्दु समाजमा बच्चा जन्मेपछि सुतक पर्यो भन्दै त्यो परिवारको दश दिनसम्म पानी चल्दैन र अशुद्ध हुन्छ रे ! दश दिन पुगेपछि गाईको गहुँत छर्केर शुद्ध पारिन्छ । परिवारका सदस्यले समेत गहुँत खाएर चोखिएको ठान्छन् । नचोखियुञ्जेलसम्म मृत्यु हँुदा जस्तो शुभकार्य गर्न बर्जित गरिन्छ । बच्चाको जन्म भएको एघारौँ दिनमा नामाकरण अर्थात् न्वारान गरिन्छ । कुनै पनि घरमा बच्चा जन्मनु हर्षको कुरा हो । यो समयमा खुसी हुनपर्छ नकी अशुद्ध, पानी अचल हुने होइन । सामान्यतया सुत्केरीको अवस्थामा केही सरल भएपछि आफ्ना आफन्तको उपस्थितिमा, परिवारको सहमतिमा युग सुहाउँदो बच्चाको नामाकरण गर्न सकिन्छ । जसलाई कम खर्चिलो बनाउन पर्छ ।

विवाह संस्कार
अपवाद बाहेक निश्चित उमेरमा हरेक युवायुवतीले विवाह गर्ने गर्छन् । यो कार्य यौन सन्तुष्टि र मानव सृष्टिको निम्ति वैध प्रव्रिmया मान्ने प्रचलन हाम्रो समाजमा छ । हिन्दु परम्परामा बाह्र महिना मध्ये केही महिनालाई विवाहका लागि उत्तम मुहुर्त मानिन्छ । हिन्दु धर्मशास्त्र अनुसार आठ प्रकारका विवाह हुन्छन् । तर आठ प्रकार भएपनि मागी विवाह, प्रेमविवाह र अदालती विवाह समाजमा प्रचलित छन् । जात मिलेको प्रेम विवाह र मागी विवाहमा केटा पक्षले बेहुला लिएर केटी पक्षको घरमा गई बेहुली लैजाने चलन छ ।

सारमा दृश्यमा सरल देखिए पनि यसमा गम्भीर लैङ्गिक विभेद हुने गरेको छ । बेहुलीको बाबुले आफ्ना बाबुआमाको मृत्युमा जसरी कपाल खौरने गर्दछन् । अघिल्लो दिनको बेलुका एक छाक छाडेर छोरीलाई कन्यादान नगरेसम्म खाद्यान्न खाँदैनन् । विवाह संस्कारमा बाबुले किरिया गर्ने, किरिया सार्ने (विवाहपछि केटीको थर केटाको थरमा परिवर्तन भएको मानिन्छ) र कन्यादान गर्ने गर्छन् । मनुस्मृति अनुसार ‘पुरुषका लागि विभिन्न उमेरमा वैदिक संस्कार गरे पनि स्त्रीहरुका लकागि वैदिक संस्कार विवाहको विधिमा नै गरिन्छ’ भनिएको छ ।
हिन्दुमा धर्ममा आस्था राख्ने महिलाको जीवित छदै बाबुले किरिया गर्ने गर्दछन् । भलै विभिन्न नाममा यो कार्यलाई किरिया गरिएको होइन भनेर ढाकछोप गर्ने प्रयास गरिन्छ । अर्को गम्भीर गल्ती भनेको महिलामाथि अपमान कन्यादानको नाममा गरिन्छ । सामान्य मान्छेले बुझ्ने शब्द हो ‘कन्यादान’ जसको अर्थ नेपाली शब्दकोशमा यस्तो छ– ‘आफ्नी वा अरुकी कन्यालाई वैदिक विधिअनुरसार सङ्कल्प गरी दुलाहाको हातमा जिम्मा दिने सामाजिक रीति । कन्या अर्थात् अविवाहित केटी दान अर्थात् आफ्नो हकमा रहेको धन अर्कोको हकमा गरिदिने काम । धर्मशास्त्रमा कन्यादान गर्नु सबैभन्दा उत्तम दान मानिन्छ ।’

विकल्प
विवाहमा महिलालाई वस्तु ठान्ने परम्परालाई तपाईं हामीले विनाहिच्किचावट हटाउनु पर्छ । बेहुला बेहुलीको घरमा जन्त लिएर जाने, बेहुली पक्षले बेहुला पक्षलाई स्वागत गरेपछि सार्वजनिक रुपमा बेहुला पक्ष र बेहुली पक्षका बाबुआमाको नामथर वाचन गरी फलानाको छोरा र फलानाको छोरी आजदेखि पतिपत्नी भएको घोषणा गर्न सकिन्छ । उपस्थित सबैले ताली बजाएर उक्त घोषणाको स्वागत गर्न सकिन्छ । बेहुली पक्षकाले शुभकामना र सामान्य उपहार प्रदान गर्ने । त्यस समयमा बेहुला र बेहुलीले एकअर्कालाई माला लगाइदिने । जन्तलाई खानपान गराएर आफ्नी छोरीलाई बिदा दिन सकिन्छ । यति गरेपछि बेहुलाले बेहुली लिएर गएपछि बेहुलाको घरमा पनि पुनः यही प्रव्रिmया गर्न सकिन्छ । जहाँ दुवैको अपमानित भएको महसुस नहोस् ।

मृत्यु संस्कार
हिन्दु संस्कार अनुसार अर्को जटिल र मिथक प्रव्रिmया अपनाउनु पर्छ, मृत्यु संस्कारमा । मृत्यु संस्कारलाई हिन्दुहरुले छोट्याउने, वैज्ञानिक बनाउने कुरा गरेता पनि हालसम्म त्यस्तो विधि बन्न सकेको छैन । आफन्तको मृत्युमा शोकाकुल भएको बेला मृतकका आफन्तले हिन्दु विधि अनुसार गरिने किरियामा निकै धनराशीको खर्च गरिसकेका हुन्छन् । त्यस समयमा धेरै किसिमका अन्धपरम्परा अपनाउन बाध्य हुन्छन् । गरुड पुराणले भन्छ– ‘बाबुले कमाएको सम्पत्ति सबै दान गर्यो भने सन्तानले समेत मोक्ष पाउँछन् ।’ यो विधिमा छोरालाई महत्व दिएको छ । पतिको मृत्युपछि पत्नीले सेतो वस्त्र लगाउनुपर्ने अनि युवा विधवालाई अर्को विवाह गर्न बर्जित गरेको छ ।

विकल्प
मृत्यु संस्कारको बोझलाई हटाएर शोकाकुल परिवारलाई शोकबाट बाहिर ल्याउन मृतकको दाहसंस्कार गरेपछि सामान्य बस्त्र लगाएर तिनदेखि सात दिनसम्म विश्राम गर्न सकिन्छ । स्वास्थ्यलाई उपयुक्त हुने किसिमका भोजन गर्न सकिन्छ । शोकमा सान्त्वना दिन आएका इष्टमित्र लागि शोकपुस्तिका राखिदिने, आफ्ना आफन्त, इष्टमित्रसँग दुःख बाँड्ने । अन्तिम दिन मृतकका परिवारबाट उपस्थित सबैलाई धन्यवाद दिँदै शोकलाई अन्त्य गर्न सकिन्छ ।

अन्त्यमा, हाम्रो समाजमा भएका कु–संस्कारलाई हटाउन कुनै अमुक व्यक्ति जादुको छडी लिएर अवतार लिदैन । यो सामाजिक रीति भएकाले कानुनले निषेध गर्ने व्यवस्था छैन । नयाँ वैज्ञानिक संस्कार निर्माण गरी उन्नत समाज निर्माण गर्ने जिम्मेवारी हाम्रै हो । यी र यस्तै बहस तथा पैरवीका लागि सबै किसिमका ढोकाहरु खुला गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: