खेलाडीको दवाब र्याली

  प्रकाशित मिति
३० कार्तिक २०७३, मंगलवार १७:०४


विर्तामोड । पूर्वाञ्चलमा गरिने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता ताकिएकै मितिमा गर्नुपर्ने माग राख्दै झापाका खेलाडीहरुले मंगलबार विर्तामोडमा र्याली निकालेका छन् ।

पहिलोपटक पूर्वाञ्चलमा आयोजना हुने भनिएको उक्त प्रतियोगिता अन्यौलपूर्ण बनेको भन्दै कराँतेका एशियन रेफ्रि कुमार उप्रेतीको नेतृत्वमा गठित झापाली खेलाडी संघर्ष समितिले दवाबमूलक शान्ति र्याली सम्पन्न गरेको हो ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै तोकिएकै समयमा आयोजना गर’, ‘खेलाडीको खेल खेल्न पाउने अधिकार बञ्चित गर्न पार्इंदैन’, ‘खेलाडी राष्ट्रका गहना हुन्’लगायत नारावाजीसहित खेलाडीहरुले र्याली निकालेका हुन् ।

क्षेत्रीय छनौट प्रतियोगिताका लागि झापाबाट विभिन्न २४ वटा खेल विधामा छनौट भएका खेलाडीहरु, विभिन्न खेल विधाका जिल्लास्थित संघका पदाधिकारीहरु, प्रशिक्षकलगायत सयौंको सङ्ख्यामा सहभागीहरुको अतिथि सदन भवनबाट नारावाजीसहित सुरु र्याली विर्तामोड नगरको परिक्रमा गरी हनुमान सेन्ट्रलअघि कोण सभा गरिएको थियो ।

सभामा संघर्ष समितिका संयोजक उप्रेती, झापा खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्बाङ, सितोरियो कराँतेका कोच लोकचन्द्र श्रेष्ठलगायतले बोलेका थिए ।
सभाका वक्ताहरुले नेपालको खेलकुद इतिहासमा पहिलो पटक हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै र तोकिएकै मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

कोण सभापछि पछिल्लोपटक तोकिएको मितिमै पूर्वाञ्चलमै राष्ट्रिय प्रतियोगिता गर्न दवाबसहित ध्यानाकर्षण गराउने उद्देश्यले संघर्ष समितिका संयोजक उप्रेतीले झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालाई विभिन्न ६ बुँदे मागसहितको ज्ञापन पत्र एक ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष थापाले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र राखेपको ध्यानाकर्षण गराउने बताए ।

खेलाडी संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मदन भूजेललाई पनि सो ज्ञापन पत्र बुझाएको छ ।
प्रजिअ भूजेलले झापा प्रशासन कार्यालयमार्फत सरकार र सम्बन्धित मन्त्रालयलाई यसबारे अवगत गराउने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: