नेपालमा २०१९सालदेखि दलितलाई छुवाछुत गर्न नपाइने कानुन लागु भएको हो । तर अझैपनि नेपाली गाँउघरमा दलितलाई कथित माथिल्लो जातीकाले छुवाछुत गर्ने, पानी काढ्ने, उनिहरुले पकाएको नखाने र उनिहरुका गाइभैंसीको दुध बजारमा नबिक्ने स्थिती कताकती कायम छ । तर परिवर्तनको गतिले समाजलाई बिस्तारै बदल्दै लगेको छ । गाँउशहरमा दलितले होटल पनि चलाउन थालेका छन्, अनि तिनका होटलमा खाजाभात खानेहरुको कमि छैन ।
१५ बर्षअघि पाँचहजार लगानीमा राधीका ठटाल (५०) ले एउटा आँटैले होटल खोलेकी हुन् । त्यतिबेला उनलाई केही गर्नैपर्ने बाध्यता थियो । कमाउन खाडी गएको लोग्ने नरबहादुर हातखुट्टा भाँच्चिएर घाइते भएर फर्किएका थिए । परिबार नौ जनाको थियो । कमाउ मेलो थिएन् । गाँउमा दलितको घरमा चियाखाजा खाइदिन को आइदेलान भन्ने शङ्का मनमा छँदै होटल खोल्दा डुबिने खतरा पनि थियो । तर समाज परिवर्तनको मन्द बेग नठम्याँउदै राधिकाले खोलेको होटललाई ग्राहकको खाँचो भने भएन् । बिहान—चना चिउरा, दिँउसो चाउमिन—थुक्पा, साँझमा भात—तिहुन र मासु—मदिरा खान आँउने ग्राहकको कमी बिल्कुलै छैन । दैनिक कम्तीमा १५जना नियमित खानाखाने ग्राहक टुटेका छैनन् । ‘एकजना थापा अङ्कलले नियमित खाना खान्छु भनेपछि आँट बढ्यो’ १५ बर्ष अघि होटल खोल्दाताकको सम्झना सुनाँउदै राधिकाकी छोरी अनुले भनिन्, ‘सफासुग्घर गरियो भने चल्दो रहेछ ।’
दैनिक सरदर पाँच हजार रुपैयाँको बिव्रmी भइरहेको यो दलित होटलको आयस्ताले ठटाल परिबार चलिरहेको छ । २६ बर्षे छोरी अनु सहित तिनजनाको उच्च शिक्षा पढाईको खर्च पनि होटलले नै धानिरहेको छ । ‘खर्च कटाएर सरदर दैनिक एकहजार पाँचसय नाफा बस्छ’ होटलको हिसाव किताव राख्ने अनुले भनिन् ।
गिता रम्तेल (३१) पढालिखा दलित महिला हुन् । बाणिज्यमा स्नातक उनी पाँच बर्ष अघिसम्म पाँचथरमा मानब अधिकार सञ्जालमा काम गर्थिन । लोग्ने कमल श्रेष्ठ (३४) पनि दलितकै भाञ्जा भएकोले उनलाई घरमा कुनै कठिनाई छैन । तर, कामको सिलसिलामा पाँचथरका पहाडी गाँउ चहार्दा कतिपय ठाँउमा थर ढाँटेर काम चलाइन । चिनेर कसैले छुवाछुत गर्न खोजे उनी मुलुकी ऐनलाई उदद्धृत गर्दै छुवाछुत गरे तीन महिनादेखि तीन बर्षसम्म कैद वा एक हजारदेखि पच्चिस हजारसम्म जरिवाना वा दुबै सजाँय हुने प्रष्ट भन्दिन्थिन् ।
२०६७ सालमा बिहे गरेपछि गरिखाने बलियो उद्यम खोज्नै व्रmममा उनी लोग्नेसाथ बहिनी रिता रम्तेल (२५)लाई लिएर झापा झरिन् । तीन लाखको लगानीमा दमक–१०स्थित आम्दा अस्पताल गेटमा खोलिन् इलामेली होटल । दैनिक सरदर दशहजारको बिव्रmी भइरहेको बताउने गीताको इलामेली होटलमा घटिमा पनि दैनिक एक सय जनाले भात खाइरहेका छन् । चिया, खाजा खानेको सङ्ख्या पनि त्यत्तिकै हुन्छ । उनी होटलको भाडा मात्र मासिक २०हजार बुझाइरहेकी छिन् । अस्पतालका स्टाफ र धेरैजसो बिरामीका आफन्तको लागि उनकै होटलमा भात तिहुन तयार हुन्छ । ‘होटलमा के कस्तो पकाउने भन्ने तालिम लिएकी छैन’ चाउमिन भुटिरहेकी गिताले भनिन्, ‘होटल चलाउने राम्रो सुत्र सफा खान्की रहेछ ।’ वरिपरिका क्षेत्री बाहुनका होटलमा छताछुल्ल जाँडरक्सी बिक्छ । तर दलित कि छोरी गिताको होटलमा जाँडरक्सी पाइदैन ।
आम्दा अस्पताल पूर्वमा प्रसुती सेवाका लागि चिनिएको छ । अस्पतालमा छोरी बुहारीलाई सुत्केरी गराउन साथ आएका कतिपय अधबैसे र प्रोढ क्षेत्री—बाहुनीहरु गीताको इलामेली होटलमा खाना खाइसकेपछि ‘बाँहुनी जस्तै हुनुहुन्छ, के थरिको होटल’ भनेर सोध्छन् । हँसिली गीताले थर रम्तेल भनिदिएपछि कतिपयको अनुहार एकाएक अमिलो हुन्छ । ‘खाइ नै हालियो, तर भातचाँहि घरैको खाएजस्तो लाग्यो भन्दै जान्छन्’ छुवाछुतको मामिलामा समाज बद्लिँदै गएको बताउने गीता भन्छिन्, ‘तर खाजा—भातका ग्राहक घटेका भने छैनन् ।’ गीता होटल ब्यवसायी सङ्घमा चाँडै सदस्यताको लागि जाने योजना सुनाउछिन् । आठसय ५१ वटा होटल सदस्य रहेको पश्चिम झापाको होटल ब्यवसायी सङ्घमा एउटा पनि दलितले खोलेको होटल दर्ता छैन । गीताले भनिन्, ‘सदस्यताको लागि फाइल तयार गर्दैछु, म पहिलो हुँदैछु ।’
दक्षिण इलामको चुलाचुली गाबिस कार्यालयको हाताभित्र चमेना गृह चलाइरहेकी सबिना बिक(२६) ले पकाएको चिया, खाजा र कुनैकुनै दिन त भातै पनि खाइरहेका छन् गाबिस सचिब रमेश कोइरालाले । गाबिसबाट करिब दुईसय मिटर टाढाको घरकी सबिनाले दश हजार रुपैयाँ जतिको पुँजीमा चारबर्ष अघि खोलेको क्यान्टिनका धेरै ग्राहक प्रशासनिक कामको सिलसिलामा गाबिस आएका गाँउले हुन् । कार्यालय चलेको दिन सरदर दुई हजार रुपैयाँ माथिको विव्रmी हुने क्यान्टिनमा बिव्रmीको सयकडा २५ नाफा बसिरहेको उनी सुनाउछिन् ।
गाबिसमा हुने गोष्ठी—कार्यव्रmममा उनकै हातले पकाएको चिया चाउमिन जान्छ । सबिनाको क्यान्टिनबारे उमेरदार र तन्नेरीहरु त खासै कुरा गर्दैनन् । तर, गाबिस आएका केही बुढापाकाहरु सबिनाले पकाएको चिया खाजा लिन नमानेको उनलाई थाह छ । उनले भनिन्, ‘मेरो अगाडि पेट दुखेको वा भर्खरै खाएको छु भन्दै चिया नसमात्नेहरुले मलाई बिककी छोरी भनेर चिनेका हुन्छन् ।’ बैठकमा जातीय छुवाछुत बिरुद्धका कुरा गर्नेहरु मध्ये पनि केहीकोही सबिनाको क्यान्टिन पस्न माान्दैनन् । ‘तर खुसी नै लागेको छ’ आठकक्षा पढेकी सबिना भन्छिन्, ‘यो गाँउमा म विश्वकर्माकी छोरी भएर पनि होटल गर्न सक्ने भएकी छु, यो नै ठुलो कुरा हो ।’