एपीएफ फाइनलमा

  प्रकाशित मिति
२१ पुष २०७३, बिहीबार १८:५३


khel

मेचीनगर । बिभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ क्लब) मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनमा विहीबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा आयोजकलाई टाइब्रेकरमा ५–४ को गोल अन्तरले हराउँदै उपाधीका लागि रमपम झापा ११ सँगको भेट पक्का गरेको हो । उपाधीका लागि शनिवार हुने फाइनल खेलमा झापासँग प्रतिस्पर्धा गर्नेछ ।

९० मिनेटको निर्धारित समयमा दुबै टोलीले १÷१ को बराबरी खेलेपछि निर्णयका लागि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो । जितका लागि एपीएफका कप्तान मिलन राई गोलरक्षक राजु योगी, सुदिप सिख्रकार, नविन लामा र प्रविन स्याङ्तामले गोल गरेका थिए ।

आयोजकका तर्फबाट सञ्जय राजबग, एञ्जल गुरुङ(जीवन), आदित्य कार्की र नाइजेरियन खेलाडी सेमसङ्गले गोल गरेका थिए । खेल अवधीभर उत्कृष्ट खेल प्रदर्शन गरेका निशान्त लिम्बूले गोल गर्न नसक्दा आयोजक फाइनलको उपाधी होडबाट बाहिरेको थियो ।

खेलेको ४२ औँ मिनेटमा आयोजकका निशान्त लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाइका थिए । त्यसको २ मिनेट बित्न नपाउँदै एपीएफका रमेश दङ्गालले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच एपीएफका गोलरक्षक राजु योगी घोषित भए । शनिवार हुने फाइनल खेलमा रमपम झापा ११ र एपीएफ क्लब काठमाडौँबीच हुने आयोजक समितिका प्रचार संयोजक रोशन काफ्लेले बताए । प्रतियोगितामा नेपालका ए डिभिजन खलाडीहरु सहभागी छन् ।

फाइनल विजेताले नगद ४ लाख १ हजार, उपविजेता टिमले नगद २ लाख १ हजार ट्रर्फी प्राप्त गर्नेछ । त्यसैगरी विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: