मेचीनगर लेडी जेसीजको पद हस्तान्तरण

  प्रकाशित मिति
२४ पुष २०७३, आईतवार ११:०७


jci

धुलावारी । मेचीनगर लेडी जेसीजको सन् २०१७ की अध्यक्ष शोभा श्रेष्ठले शनिवारदेखि पदभार ग्रहण गरेकी छन् । सन् १०१६ की अध्यक्ष उषा श्रेष्ठले आफुले लगाएको जेसीज चेन हस्तान्तरण गरेर नयाँ अध्यक्षलाई पदभार ग्रहण गराएकी हुन् ।

विधिको शासन, भ्रातृत्व र व्यक्तित्व विकासको मूलमन्त्र बोकेको जेसीजमा कार्य समितिको कार्यकाल एक वर्षको मात्र रहन्छ । एक कार्यकाल भन्दा बढी नेतृत्व गर्नै नपाइने जेसीजमा पद हस्तान्तरण प्रक्रिया नमुनायोग्य मानिन्छ ।

मेचीनगर लेडी जेसीजको यो तेस्रो पद हस्तान्तरण हो । कविता शर्मा मेचीनगर लेडी जेसीजको संस्थापक अध्यक्ष हुन् भने त्यसपछि टीका सुबेदीले एक कार्यकाल अध्यक्ष भएर नेतृत्व प्रदान गरिन् ।

सन् २०१६ का पदाधिकारीले २०१७ का नव निर्वाचित पदाधिकारीहरुलाई पासाङ ल्हामू हलमा आयोजित कार्यव्रmमकाबिच पद हस्तान्तरण गरेका हुन् ।
कार्यव्रmममा यस वर्षको जयन्ती बराल स्मृति अवार्डबाट कल्पना गुरागाई, सावित्रा तथा पर्शुराम शर्मा स्मृति अवार्डबाट शान्त निरौलालाई पुरस्कृत गरिएको थियो । यसैगरी, आजीवन सदस्य सीता गुरुङ, जग्गादाता दाताराम खनाल र डम्बरकुमारी खनाललाई सम्मान गरिएको थियो ।

उनीहरूलाई ताम्रापत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सन् २०१६ की अध्यक्ष उषा श्रेष्ठको सभापतित्व तथा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा नेपाल ओलम्पिक कमिटि सदस्य पुष्पा गुरुङ, कालीबहादुर गण चारआलीका गणपति खेमनारायण पौडेल, लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, पूर्व अध्यक्ष हरिशकुमार श्रेष्ठ, धुलाबारी जेसीजका वर्ष २०१६ का अध्यक्ष लिलाप्रसाद भण्डारीलगायतले बोलेका थिए ।

तुलसा दङ्गालले आस्था वाचन गरेको कार्यव्रmमको सञ्चालन शोभा श्रेष्ठ र सुनिता पनेरुले गरेका थिए ।

यसैगरी, सोही अवसरमा नवनिर्वाचित अध्यक्ष शोभा श्रेष्ठले विभिन्न पदमा मनोनित गरेकी छिन् ।

यसरी मनोनित हुनेहरूमा महासचिवमा सुनिता पनेरु, सचिवमा कल्पना गुरागाई, सहसचिवमा सीता पुरी, कोषाध्यक्षमा रश्मि थापा, सहकोषाध्यक्षमा शान्ता सिटौला, तालिम संयोजकमा सुशिला खतिवडा, जनसम्पर्क अधिकारीमा दिपमाला लिम्बु, प्रकरण निर्देशकमा सुकुडोमा राई, खेल संयोजकमा बिजु राई, स्वास्थ्य संयोजकमा भीमा गिरी, साहित्य संयोजकमा सुनिता शर्मा, शिक्षा संयोजकमा निर्मला रतन, सदस्यता बृद्धि संयोजकमा सरस्वती आले र सञ्चार संयोजकमा रञ्जिता कट्टेल रहेका छन् ।

यस अघि भएको अधिवेशनमा कार्यकारिणी उपाध्यक्षहरू तुलसा दङ्गाल र मञ्जु भण्डारी, उपाध्यक्षहरू गीता ओझा, रुपाली गुरागाई, शुष्मा राजबंशी र सबिता पोखरेल निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: