शिक्षकमैत्री सहकारीको साधारण सभा

  प्रकाशित मिति
१ माघ २०७३, शनिबार १२:५१


teacher

विर्तामोड । शिक्षकमैत्री बचत तथा ऋण सहकारी सस्थाको प्रथम बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

बिर्तामोडस्थित नेपाली काँग्रेस पार्टी कार्यालयको सभाहलमा सम्पन्न साधारणसभाले सस्थाको आव २०७२र७३ को आय व्यय अनुमोदन गर्दै आगामी बर्षको बजेट तथा कार्यक्रम पारित गरेको छ ।
झापा जिल्लाका बिद्यालयहरुका शिक्षक तथा कर्मचारी सदस्य बन्न सक्ने पेशागत सहकारी संस्थामा हाल ५ सय ४ जना सदस्य आवद्ध रहेका छन् ।

नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष नेत्र खरेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा सरस्वती सिटौला, कैलास राई, चित्रकला ओली, बद्री कार्की, गोपाल भुजेल, लिलाप्रसाद भण्डारी, रुपक दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो भेलाले सस्थाको सचिवमा युवराज ढकाल र कोषाध्यक्षमा सोमनाथ बराललाइ चयन गरेको छ ।

संस्थाका अध्यक्ष तिलक सिंह पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ पौडेलले सञ्चालन गरेका थिए भने प्रकाश भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: