हिमालयन शेर्पा सेमीफाइनल प्रवेश

  प्रकाशित मिति
१७ माघ २०७३, सोमबार १८:४६


????????????????????????????????????

बिर्तामोड । झापाको बिर्तामोडमा जारी दोस्रो रमपम झापा गोल्डकपमा विभागीय टोली एपीएफलाई हराउँदै काठमाडौँको हिमालयन शेर्पा क्लब  सेमीफाइनलमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा एपीएफलाई हिमालयन शेर्पाले टाइब्रेकरमा ३–२ गोलअन्तरले पाखा लगाएको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि २० मिनेट समय थपिएको थियो । थप समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा हिमालयन शेर्पाका हेमन गुरुङ, निराजन खड्का र निशान लिम्बूले गोल गरे । एपीएफका तर्फबाट नविन लामा र राजेन्द्र रावलको प्रहार मात्र जाली चुमेको थियो । टाइब्रेकरमा एपीएफका सुदिप सिख्रकर, कप्तान मिलन राई र सन्तोष कटुवालले गोल गर्न सकेनन् । हिमालयनका भूपाल गुरुङ र सुनिल बलको प्रहार गोलमा परिणत भएन ।

यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा गोलको खाता एपीएफले खोलेको थियो । एपीएफका युवराज खड्काले ५९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । श्याम नेपालीको पासलाई युवराजले हेडमार्फत सानदार गोल गरेका हुन् ।

युवराजले दोस्रो गोल ७५ औँ मिनेटमा गरेका थिए । नविन लामाको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् । जीत सुनिश्चितझै ठानेर दोस्रो हाफको अन्त्यतिर एपीएफले गोलरक्षक परिवर्तन ग¥यो । राजु योगीका स्थानमा अमृत चौधरी मैदान प्रवेश गरे । तर, त्यसलगत्तै एकाएक खेलको माहोल परिवर्तन भयो । एपीएफको गोलपोस्टमा लगातार २ गोल वर्षिए ।

हिमालयन शेर्पाले दुई मिनेटको अन्तरालमा २ गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । हिमालयन शेर्पाका लागि ८७औँ मिनेटमा सुनिल बल र ८८ औँ मिनेटमा निशान लिम्बूले गोल गरेका हुन् ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि १०–१० मिनेट समय थप गरिएको थियो । थप समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि निर्णयक लागि टाइब्रेकर रोजिएको थियो । यी दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक देखियो । खेलमा हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी निकै व्यस्त देखिए । तुलनात्मक रुपमा एपीएफका गोलरक्षक राजु योगी फुर्सदिला देखिन्थे । खेल अवधिभर दुबै टोलीले गोल गर्ने थुप्रै अवसर खेर फाले । खेलको २३ औँ मिनेटमा एपीएफका रामकुमार कुमालले मिलाइदिएको पासलाई नविन लामाले गोल गर्न सकेनन् । नविनको कडा प्रहार हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले समाते ।

२७ औँ मिनेटमा हिमालयन शेर्पाका निशान लिम्बूको लामो प्रहारले गोलपोष्टतर्फ सही दिशा लिन सकेन । ३५ औँ मिनेटमा एपीएफका राजेन्द्र रावलको प्रहार पनि बाहिरियो । ३९ औँ र ४१ औँ मिनेटमा एपीएफका युवराज खड्काको दुईवटा कडा प्रहार हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले उत्कृष्ट ढङ्गले बचाउ गरे ।

बराबरीपश्चात थप गरिएको समयमा पनि दुबै टोलीबाट गोलका केही अवसर खेर गए । थप समयमा हिमालयनका निशान लिम्बूले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहारले सही दिशा लिन सकेन । २–० को अग्रता लिएका समयमा मैदान पसेका एपीएफका गोलरक्षक अमृत चौधरीले पनि केही प्रहारलाई विफल तुल्याइदिए । खेलमा हिमालयन शेर्पाका त्रिदेव गुरुङ र एपीएफका राजेन्द्र रावलले पहेँलो कार्ड पाए ।

खेलको म्यान अफ द म्याच हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी घोषित भए । उनलाई म्याक्स हाउजिङ प्रालिका तर्फबाट नगद ७ हजार रुपैयाँ प्रदान गरियो । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येकी एक दिपा तिम्सिनालाई एक्सपर्ट म्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो ।

मङ्गलबारको खेल रुपन्देही–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए । त्रिभुवन आर्मी राष्ट्रिय खेलाडीले भरिएको टोली हो । आर्मीका खेलाडी भरत खवास, नवयुग श्रेष्ठ र विकेश कुथुको खेल हेर्न मङ्गलबार दर्शकको उपस्थिति बढ्ने अपेक्षा गरिएको छ ।

एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: