बाल उत्सवमा रोवोट ल्याइने

  प्रकाशित मिति
३ फाल्गुन २०७३, मंगलवार ११:४५


 

bal utsawaधुलावारी । नेकपा एमालेका आयोजनामा फागुन ९ गतेदेखि हुन लागेको तिन दिने बाल उत्सवमा रोवोट ल्याइने भएको छ ।

विद्यालय शिक्षाका रुपमा हेरिएको यस उत्सवमा बालबालिकालाई लक्षित गरि रोवोट ल्याउने तयारी गरिएको हो ।

फागुन ६ गते रोवर्ट एसोसियसन फर नेपालले झापामा रोवोट बनाउने सामाग्री ल्याउनेछ । दुई दिनसम्म यस क्षेत्रका विद्यार्थीलाई प्रशिक्षण दिएपछि उत्सव अवधिभर तिनै विद्यार्थीले रोवोटको प्रदर्शन गर्ने आयोजक समितिका सचिव चेतन विष्टले बताए । सचिव विष्टका अनुसार रोवोट निर्माणका लागि २५ जना विद्यार्थीले सहभागिता जनाउने छन् । उक्त उत्सवमा तारा मण्डलको समेत प्रदर्शन गरिने विष्टले बताए ।

महोत्सवमा विभिन्न जातजातिको झाँकी प्रदर्शन, जातिय नृत्य, खेलकुद पनि हुनेछ ।
बालबालिकालाई लक्षित गरी आयोजना गर्न लागिएको उत्सवमा धेरै भन्दा धेरै बालबालिकालाई सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ । आयोजकले उत्सवको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । विभिन्न उपसमिति निर्माण गरी कामको विभाजन गरिएको छ ।
५० वटा विभिन्न किसिमका स्टलको व्यवस्था गरिएको उक्त उत्सवमा स्टेज निर्माण, स्टल निर्माण, अतिथिलाई निमन्त्रणा, व्यानर, पर्चा सबैको व्यवस्था गरी सकिएको छ । महोत्सवको उद्घाटन एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: