कनकाई । होटल व्यवसायी सङ्घ क्षेत्रीय समिति सुरुङ्गाको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुव्रmबार धनुषकोटी धाममा सम्पन्न साधारणसभामा होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीले गैरकानुनी रुपमा होटल व्यवसाय सञ्चालन नगर्न सबैलाई सुझाए । उनले होटल व्यवसायभित्र देखिदै गएका विकृति विसङ्गतिलाई निरुत्साहित गर्न जिल्ला समिति प्रतिबद्ध रहेको उद्घोष गरे ।
क्षेत्रीय समिति अध्यक्ष होमप्रसाद विमलीको अध्यक्षतामा सम्पन्न साधारणसभामा दमक क्षेत्रीय समिति अध्यक्ष राजन दङ्गाल, नेपाली काङ्ग्रेस कनकाई नगर सभापति लीला कट्वाल, कनकाई उद्योग वाणिज्य सङ्घ अध्यक्ष युवराज सङ्ग्रौला, लायन्स क्लब अफ कनकाईका सभापति लीला चिमरिया, इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी खड्गबहादुर खत्री, कनकाई धार्मिक विकास संस्थाका अध्यक्ष गङ्गा दाहाललगायतको मन्तव्य रहेको सचिव ख्याम ओलीले जनाए ।
वनभोजसहितको साधारणसभामा कोषाध्यक्ष सञ्जय गजुरेलले स्वागत गरेका थिए ।