विर्तामोड, २५ पुस । लोकतन्त्र पोस्ट दैनिकको समाचार संयोजक र सहसम्पादक पदमा युवा पत्रकारहरू झुलन रेग्मी र देबु बानियाँ नियुक्त भएका छन् ।
प्रतिदिन दैनिक, कञ्चनजङ्घा दैनिक र विवेचना दैनिकमा समाचार सम्पादन सम्बन्धी अनुभव प्राप्त समाचार संयोजक रेग्मी विगत एक दशकदेखि झापामा रहेर पत्रकारिता क्षेत्रमा व्रिmयाशिल रहेका छन् ।
यसैगरी, जनसंसद् दैनिक, अर्जुनधारा दैनिक र सीमाना एफएममा रिपोर्टिङ र कार्यव्रmम प्रस्तोताको रुपमा अनुभव प्राप्त सहसम्पादक बानियाँ समेत एक दशकदेखि झापाली पत्रकारिताको मूलधारमा व्रिmयाशिल रहेका छन् ।