मोडलिङमा जम्दै रुक्मान

  प्रकाशित मिति
२० चैत्र २०७३, आईतवार १९:०३


Untitled-1झापा । गायनको क्षेत्रमा उदयमान मानिएका पूर्वेली गायक रुकमान लिम्बू पछिल्लो समय मोडलिङमा समेत उत्तिकै जम्न थालेका छन् ।

‘खाम्लालुङे तरेमे आतिने केवाबे’ बोल गीतमा मोडलिङ गरिरहेका लिम्बूको ११ औँ गीतको मोडलिङ हो । ताप्लेजुङमा जन्मिएर काठमाडौँमा सङगीतको क्षेत्रमा लागि परेका लिम्बूले २ वटा गीति एल्बम समेत बजारमा ल्याइसकेका छन् ।

गायक तथा मोडल युवराज इस्बो र इन्द्र पन्धाकको ‘२५ वसन्त’ एल्वममा समावेश ‘खाम्लालुङे तरेमे आतिने केवाबे’ बोलको लिम्बू भाषाको गीतमा रुकमानले मोडलको भूमिका निर्वाह गरेका छन् ।

‘जे आइलाग्यो त्यहि गर्ने हो’ लोकतन्त्र पोष्टसँगको कुराकानीमा रुकमानले भने–‘सङ्गीतको क्षेत्रमा लागेपछि विषयवस्तु अनुसारको अभिनयसँगैँ गीत गाउन पनि लागि परेको छु ।

गाँउघरतिरको प्रभाव झल्काउँने यस गीतको भिडियोमा गायक रुकमानको तरेमा (सोल्टिीन) को रुपमा आशा लिङदेन सुहाङले अभिनय गरेकी छिन् ।

यो गीतलाई यासेली योङहाङले लेखेका हुन् भने सङ्गीत इन्द्र पन्धाकले दिएका हुन् । लोकेन सावाँले निर्देशन गरेको यस भिडियोमा २५ वर्षे उमेरमा गाउँघरको मेलापात र हाटबजारमा गरेको माया पिरतीलाई चित्रण गरिएको छ । अर्जुन तिवारी समुह छायांकन रहेको यस भिडियोलाई सम्पादन निशान घिमिरेले गरेका छन् । चाँडै भिडियो दर्शक तथा श्रोतामाझ आउने मोडल तथा गायक रुकमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: