चुनाव नजिकिएसँगै सवारी चेकजाँचमा कडाई

  प्रकाशित मिति
३ जेष्ठ २०७४, बुधबार ११:५६


 

मेचीनगर । निर्वाचनका बेला सवारी उल्लङ्घनका घटना बढ्ने सक्ने भएकाले ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाई गरेको छ ।

उसले नियम उल्लङ्घन गर्ने सवारीलाई रोकी कारवाही गर्न थालेको हो । सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत रहेर ट्राफिक प्रहरीले धुलावारीलगायत अन्य क्षेत्रमा चेकजाँच कार्यलाई तिव्रता दिएको छ ।

ऐनको २०४९ अनुसार दण्ड र जरिवाना गर्ने अधिकार प्रत्योजन सरकारले गरेपछि त्यसलाई कार्यान्वयन गरिएको धुलावारी ट्राफिक पोस्टका हवल्दार योगेन्द्र थापाले बताए । उनले आवश्यक कागजात नबोक्ने सवारी चालकलाई नियम अनुसार कडाईका साथ कारवाही गरिने बताए ।

हालै यातायात व्यवस्था विभागले दण्ड र जरिवानाको हद बढाएर १ हजार ५ सय रुपैयाँसम्म पुर्याउने निर्णय गरेको थियो । सोही निर्णय पालना गराउन विभागले मातहतका प्रहरी निकायलाई निर्देशन दिएको छ । विभागको निर्देशन अनुसार झापामा पनि सो नियम लागू गरिएको हो ।

सवारी दर्ता नगरी चलाएमा, विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा, पटके बाटो इजाजत नलिने सवारीलाई ठाउँको ठाउँ कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै, सार्वजनिक सवारीमा धुमपान गरेमा, यात्रुले जताततैबाट बाटो काटेमा पनि कारवाही हुने जनाइएको छ ।

विशेषगरी चुनावका बेला उल्लङ्घनका घटना बढ्न सक्ने भएकाले विभागले प्रहरीलाई सवारी नियममा कडाई गर्न निर्देशन दिएको बुझिएको छ । हवल्दार थापाले सवारी चलाउँदा आवश्यक कागजात बोक्न चालकलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: