समाजको अध्यक्षमा रमेश बराल

  प्रकाशित मिति
७ श्रावण २०७४, शनिबार १८:५४


samaj

मेचीनगर । मानव विकास एकता समाजको तेस्रो साधारणसभाले रमेश बरालको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

समाजको शनिवार खयरडाँगीस्थित दन्तकाली बोर्डिङ स्कूलको सभाहलमा आयोजित साधारणसभाले बरालको नेतृत्वमा २३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा साङ्गे शेर्पा र सचिवमा हरि भटटराई चयन भएका छन् ।  सामाजिक हितका निम्ति चार बर्ष अघि स्थापना भएको संस्थाको गतिविधिका बारेमा समाजका सदस्य राजन सुवेदीले प्रकाश पारेका थिए ।

samaj2

वडा नम्बर १० का वडाध्यक्ष सुदय पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष इन्द्र बुढाथोकी, भानु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोपाल चूँडाल, साठी प्लसका अध्यक्ष जयप्रसाद भेट्वाल, पहिलो पाइलाका अध्यक्ष वीपी भट्टराई, साइरन समिति खयरडाँगीका अध्यक्ष ललित राई, नवकुञ्ज बुहारी अभियानकी अध्यक्ष पवित्रा पौडेल, संस्थाका पूर्व अध्यक्ष ज्ञाननाथ घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष मणिराज खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव साङ्गे शेर्पाले र स्वागत मन्तव्य उपाध्यक्ष रमेश बरालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: