मेचीनगर साकोसको मुनाफा ६६ लाख बढी

  प्रकाशित मिति
३१ भाद्र २०७४, शनिबार १६:३१


197856317sakos मेचीनगर । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाले १० औं साधारणसभामा दर्जनबढीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा एसइइमा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोरा केशव गौतम, जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट हुने मेलिना खनाल, क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट हुने रचना सिटौला र उत्कृष्ट सामाजिक व्यक्तित्वका रुपमा रामघाट दिव्यधाम समितिका अध्यक्ष ललितकुमार बोहोरा छन् । उनीहरुलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

जिल्ला सहकारी सङ्घका पूर्व अध्यक्ष हरिचरण बानियाँको प्रमुख आतिथ्यतामा शनिबार धुलाबारीस्थित पासाङ ल्हामू प्रतिष्ठानको हलमा साधारणसभा भएको थियो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले एक सहकारी एक व्यक्ति रहन समेत आग्रह गरेका थिए । उनले सहकारीलाई आफ्नो शेयर सदस्यलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरु ल्याउन सुझाव दिएका थिए ।

कार्यक्रमका विशेष अतिथि तथा कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले सहकारीलाई अग्र्यानिक सुपथ मूल्यको पसल सञ्चालन गर्न अनुरोध गरेका छन् । उनले सहकारीमा आवद्ध शेयर सदस्यलाई विषादिले धेरैले अकालमै मृत्युवरण गर्नुपरेको बताउँदै अग्र्यानिक तरकारी खेतीतर्फ लाग्न सुझाव दिएका थिए । उनले शेयर सदस्यले उत्पादन गरेको तरकारी सहकारीले नै खरिद गरी सुपथ मूल्यको पसल सञ्चालन गरी विक्री वितरण गर्न सके विषादि न्यूनीकरण हुने बताए ।

कार्यक्रममा भण्डारीले भारतबाट आयातित प्लाष्टिकका भाडावर्तनलाई प्रयोग नगर्न आग्रह गर्दै स्थानीयस्तरमा पाउने साल, भोर्लालगायतका पत्ताबाट टपरी खिलेर प्रयोगमा ल्याउन सके स्वास्थ्यलाई पनि राम्रो हुने र आयआर्जनको माध्यम समेत बन्ने बताए । भण्डारीले राम्रो टपरी बुन्नेको पहिचान गरी पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः तीन हजार, दुई हजार र एक हजारको पुरस्कार स्वयम्ंले प्रदान गर्ने समेत बताए ।

sakos 1

कार्यक्रममा जिल्ला सहकारी सङ्घकी सदस्य दुर्गा खतिवडा, गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष रेणुका डाँगी, रामघाट दिव्यधामका अध्यक्ष ललितकुमार बोहोरा, वडा नं.¬–९ का अध्यक्ष गोपाल खड्का, हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका भगिरथ सुवेदी, रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, भानु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोपाल चुँडाल, लोकतन्त्र पोस्ट अनलाइनकी सम्पादक अम्बिका भण्डारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका शेयर सदस्य रहेका निर्वाचित जनप्रतिनिधिहरु गोपाल खड्का, रिता चौधरी, लक्ष्मी दर्जी, सुनिल राजवंशी, उत्कृष्ट बचत कर्ता शर्मिला राजवंशी, रामकुमार टुडु, आर्जु कार्की, रेवती कोइराला, निश्चल बुढाथोकी, अमर बस्नेत, कविता अर्याल, धनमाया धिमाल, रुपनारायण तिम्सिना र एन्सल चापागाईलाई सम्मान गरेको छ ।

त्यसैगरी कर्जातर्फ टिकाप्रसाद उप्रेती, भिमकुमार पाण्डे, मानबहादुर माखिम, भानु पुडासैनी, सेक महोमद साकिर, लङकुमाया तामाङ, हस्तबहादुर राई, लीलादेवी कार्की र तुलसीराम बास्तोला रहेका छन् । उनीहरु सबैलाई प्रमुख अतिथि बानियाँ र संस्थाका अध्यक्ष कमल काफ्ले सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष काफ्लेले प्रस्तुत गरेको प्रतिवेदनमा २ दुई हजार ४० जना शेयर सदस्य रहेको मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी १ करोड ७५ लाख ६७ हजार ४सय पुगेको छ । त्यस्तै बचत सङ्कलन १३ करोड ९० लाख ८१ हजार ५७७ रहेको छ भने कर्जा लगानी १४ करोड ३१ लाख ७७ हजार ६९२ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्षको प्रतिवेदन अनुसार संस्थाले यो बर्ष ६६ लाख ६१ हजार ९ सय ९९ मुनाफा गरेको छ । संस्थाले यो बर्ष ५९ करोड ५५ लाख २६ हजार ७७० को कारोबार गरेको अध्यक्षको प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

एक दशक अघि स्थापना भएको सहकारीले शेयर सदस्यहरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न तालिमहरुको समेत सञ्चालन गर्दै आएको जनाएको छ ।

संस्थाका अध्यक्ष कमल काप्mलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कृत व्यक्तित्व रचना सिटौलाले कविता बाचन गरेकी थिइन् । संस्थाका उपाध्यक्ष शिवकुमार रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सचिव कर्णबहादुर गौतमले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: