समाजले कहिले भुल्ने छैन – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

समाजले कहिले भुल्ने छैन

मानिसको जन्मपछि मृत्यु अवश्य हुन्छ । मृत्युलाई कसैले टार्न सक्दैन । यस्तै, दुखद घटना मेचीनगरले व्यहोरेको छ । मेचीनगरले हालै दुई सामाजिक व्यक्तिलाई गुमाउनु परेको छ ।

माजिक तथा राजनीतिक अगुवा अरुण बुढाथोकी र कृषि क्षेत्रका विज्ञ महेश तिम्सिना अब हाम्रा सामू रहेनन् । समाजलाई सही बाटोमा हिँडाउन प्रेरित गरिरहने समाजका अगुवाहरुको निधनले अपुरणीय क्षति पुगेको छ ।

नीहरुको निस्वार्थ सेवाभाव समाजका लागि सदैव प्रेरणादायी बन्नेछ । उनीहरुले खेलेको सकारात्मक भूमिका समाजले कहिले भुल्ने छैन र भुल्नु हुँदैन ।
दुवै व्यक्तिले अलग–अलग क्षेत्रबाट समाजमा योगदान पुर्याएका छन् । सामाजिक व्यक्ति अरुण बुढाथोकी गरिबका सहयोगी थिए । कुनै गरिब तथा असहायलाई सहारा दिन उनी सदैव लागि पर्दथे ।

रुको दुःखलाई आफ्नै दुःख ठानेर निस्वार्थ सेवा गर्न बुढाथोकी अघि सर्थे । लोकप्रिय छवि बनाएका उनले राजनीतिमा पदको लोभ पनि गरेनन् ।

याँ पुस्तालाई राजनीतिमा सधैं अवसर दिँदै सामाजिक गतिविधिमा आफूलाई सक्रिय बनाएर साझा व्यक्तिको पहिचान बनाए ।
कृषि व्यवसाय निर्वाहमुखी बन्न सकिरहेको छैन ।

षिमा युवाको आकर्षण नभइरहेका बेला आफूलाई कृषिमा समर्पित गरेका महेश तिम्सिनाले कृषिको महत्व बुझाउन सदैव लागि परे । किसानका खेतबारीमै पुगेर उचित सल्लाह र परामर्श दिन कहिले कन्जुस्याइँ गरेनन् ।

ढ्दो विषादी प्रयोगलाई कम गराउने अभियानलाई उनले पूर्णता त दिन पाएनन् । जीवनको उत्तरार्धमा भएको निधनले गर्दा अभियान अपूरै हुने चिन्ता भने थपिएको छ ।

माजको नेतृत्व गरिरहेका यस्ता महान् व्यक्तिको योगदान कहिलै मर्ने छैन । उनीहरुले देखाएको बाटो हिँड्न सकियो भने समाज परिवर्तन अवश्य हुन्छ ।

गदानको मूल्याङ्कन समाजले गर्न सक्यो भने मात्रै उनीहरुप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गरेको हुनेछ । दुवैप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौं ।

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: