पर्यटन प्रबर्धन गर्न खाना महोत्सव

 

विर्तामोड । पर्यटन बर्ष २०२० लाई सफल पार्न र झापा आउने पर्यटकलाई स्थानीय नेपाली परिकार खुवाउने उद्देश्यले विर्तामोडमा शनिवार खाना महोत्सव भएको छ ।

महिला उद्यमी संघ नेपालले झापामा पहिलोपटक आयोजना गरेको महोत्सवमा स्थानीय क्षेत्रमा उत्पादन गरिने पापरको फुरौला, सिस्नोको सुप, कोदोका ढिंडो, गुन्द्रुकको आचार र खीर रु. सयमा खुवाएको थियो ।

संघकी अध्यक्ष गोमा भट्टराईले भ्रमण वर्षलाई खाना महोत्सवमार्फत प्रवद्र्धन गर्न र महिलालाई उद्यमसँग जोड्नका लागि कार्यक्रम आयोजना गरिएको बताइन् ।

कार्यक्रममा संविधानसभा सदस्य मनकुमार गौतमले परम्परागत मौलिक खानाको परिकारलाई संघले महोत्सवकै आयोजना गरी प्रवद्र्धन गर्न खोजेको भन्दै प्रशंसा गरे ।

विर्तामोड नगरपालिकाका प्रमुख धुव्र शिवाकोटीले नगरलाई विषादिमुक्त नगर बनाउने अभियानमा लागेको बेला आयोजना गरिएको अग्र्यानिक खाना महोत्सव सकारात्मक रहेको बताए ।

विगत दुई बर्षदेखि निरन्तर महिलाहरुलाई विभिन्न क्षेत्रमा उद्यमशील बनाउँदै आएको संस्थाले विर्तामोडमा खाना खाना आउने पर्यटकलाई नेपाली परिकार खुवाउने जनाएको छ ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौला, वडा नम्बर ९ की अध्यक्ष पवित्रा पाठकलगायतले महिला उद्यमीले सञ्चालन गरेका हरेक गतिविधी प्रशंसायोग्य रहेको सुझाब दिएका थिए ।

पर्यटन बर्षलाई मनाउने उदेश्य पनि राखेर आयोजना गरिएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, नारी सञ्चारगृह झापाकी अध्यक्ष अम्बिका भण्डारी, नेपाल फोटो पत्रकार महासंघ झापा अध्यक्ष विनोद पाण्डे, एविसी नेपालकी अध्यक्ष कञ्चना सिटौला, प्रेस युनियन झापाकी अध्यक्ष ईन्दु पूर्वेली, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष सारदा रिजाल, वीरता लेडी जेसीज अध्यक्ष शुस्मा भण्डारी लगायत ५० भन्दा धेरै संघ संस्थाका प्रतिनिधी सर्वसाधारणको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत महिला उद्यमी संघ नेपालकी कोषाध्यक्ष योसोदा चापागाइँ र संचालन सचिव नैनकला भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: