झापामा बन्ने भो कृषि संग्रहालय - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

झापामा बन्ने भो कृषि संग्रहालय

मेचीनगर । झापामा नै पहिलो पटक कृषि संग्रहालयको भवन बन्ने भएको छ ।

साविक मेचीनगर–२ हाल मेचीनगर वडा नम्बर १० को लालपानीमा निन्दा कृषि संग्रहालयको भवन बन्ने भएको हो ।

विहीबार एक कार्यक्रमकावीच प्रदेश नम्बर १ का सभा सदस्य श्रीप्रसाद मैनालीले उक्त भवनको शिलान्यास गरेका हुन् ।
उक्त भवनको निर्माण कार्य निन्दा कृषि सहकारी संस्था लिमिटेडको पहलमा शुरु भएको छ ।

भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद् मैनालीले झापाको मेचीनगरमै पहिलो पटक बनिन लागेको कृषि संग्रहालयको भवनका लागि प्रदेश सरकारबाट सहयोग गर्ने बचन दिएका छन् ।

भवनका लागि नगरबासी, विभिन्न संघ–संस्था र स्थानीय सरकारलाई सहयोग गर्न समेत सांसद् मैनालीले आग्रह गरे ।

लालपानीका समाजसेवी अनिल पौडेल, मेनुका पौडेल, यादव पौडेल, रुपा पौडेल, बालकृष्ण पौडेल, कमला पौडेल, चन्द्रकान्त पौडेल लगायतका पौडेल परिवारले संस्थाका नाममा एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् ।

उक्त जग्गामा तीन वर्षभित्र ३ तले सुविधा सम्पन्न भवन बन्ने छ । भवनको पहिलो तलामा कृषि संग्रहालय, दोस्रो तलामा ज्येष्ठ नागरिकको सभा हल र तेस्रो तलामा विभिन्न संघ–संस्थाका कार्यालय रहने संस्थाका पूर्व अध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।

भवन निर्माणका लागि पहिलो चरणमा संघीय सांसद राम कार्कीको पूर्वाधार क्षेत्र विकास कार्यक्रमबाट १० लाख र कम्पाउण्ड वाल निर्माणका लागि मेचीनगर नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने भएको उनले बताए ।

लोपोन्मुख कृषिका उपकरण, बीउँ बिजन, ढिकी, जातो लगायतका कृषि सामग्री संकलन गरेर उक्त संग्रहालयमा राखिने संस्थाको योजना रहेको सल्लाहकार समितिका संयोजक समेत रहेका खड्काले बताए ।

संस्थाले सोहि क्षेत्रमा पौडेल परिवारसँग थप ४ कठ्ठा जग्गा लिजमा लिई कृषि गतिविधिका आयोजना समेत गरिने जनाएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस मेचीनगरका सभापति ईन्द्रबहादुर बुढाथोकी, नगर कार्यपालिका सदस्य कृष्ण कनाल, इन्जिनियर इन्द्र थापा, समाजसेवीहरु दलबहादुर कट्टेल, अनिल पौडेल, विपि भट्टराई, हृदय राजबंंशी, रुपा पौडेल, टिकाराम पौडेल, साङे शेर्पा, पदम कटुवाल, कृष्णराज सिटौला, महेन्द्र पौडेल लगायतको सहभागिता रहेको थियो ।

निन्दा कृषि सहकारी संस्थाका अध्यक्ष नरहरी नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत संयोजक खड्का र सञ्चालन जिल्ला जडिबुटी सहकारी संघ झापाका अध्यक्ष यादव पौडेलले गरेका थिए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: