प्रदेशमै धेरै संक्रमित भएको झापामा छैन कोरोना जाँच्ने किट - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

प्रदेशमै धेरै संक्रमित भएको झापामा छैन कोरोना जाँच्ने किट

मेचीनगर, ८ जेठ । प्रदेश नं. १ मै सबैभन्दा बढी कोरोना संक्रमण भेटिएको झापा जिल्लामा कोरोनाको द्रुत परीक्षणका लागि आरडीटी किट र पीसीआर टेस्टका लागि भीटीएम अभाव भएको छ ।

जिल्लास्तरीय कोरोना संक्रमण रोकथाम, नियन्त्रण, अनुगमन तथा समन्वय समितिका संयोजक सोम पोर्तेलले आज फेसबुकमा स्टाटस लेख्दै आरडीटीको किट र पीसीआरको भीटीएम अभाव भएको सार्वजनिक गरेका छन् ।

‘कोरोना परीक्षणको गुणस्तरीय आरडीटी किट र पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न आवश्यक पर्ने भीटीएम कोही विक्रेता हुनुहुन्छ भने लौन खबर पाउँ’–जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका पोर्तेलले लेखेका छन् ।

शुक्रवारसम्ममा झापामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । जसमध्ये कचनकबलमा मात्र ३३ जना छन् । बाह्रदशी र दमकका एक एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

कचनकबलमा भेटिएको संक्रमितहरु सबै भारतको मुम्बईलगायतका ठाउँमा रोजगारी गरेर फर्किएकाहरु हुन् ।

भारतबाट फर्किने नेपालीहरुको सबैभन्दा बढी लहर मेचीनगरका काँकरभिट्टामा देखिएको छ । विहीवार राति ३०० भन्दा बढी नेपाली काँकरभिट्टामा अइपुगेका छन् ।

उनीहरुलाई आफ्नो जिल्ला पठाउनु अघि कोरोना जाँच गर्न आरडीटी र पीसीआर किट नभएको मेचीनगर नगरपालिकाले जनाएको छ ।

उपप्रमुख मीना उप्रेतीले प्रदेश सरकारबाट आज ३०० आरडीटी किट मागिएको र आइपुग्नासाथ उनीहरुको परीक्षण गरिने बताइन् ।

झापाभरि भारतबाट आएकाहरुको संख्या विहीवार साँझसम्ममा ८४१ जना पुगिसकेको जिसस प्रमुख सोम पोर्तेलले बताए ।

विहीवार राति काँकरभिट्टा आइपुगेका ३०० जनालाई मेचीनगर होटल व्यवसायी संघ, काँकरभिट्टा रोटरी क्लव र काँकरभिट्टा लायन्स क्लवले खाना खुवाउने व्यवस्था मिलाएको होटल व्यवसायी संघका मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: