सहाराको अभियानले १००० भीटीएम किनिदिने सहमति - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

सहाराको अभियानले १००० भीटीएम किनिदिने सहमति

मेचीनगर, ८ जेठ । सहारा नेपालको ‘एकका लागि एक अभियान’ले झापामा सञ्चालन हुने भनिएको कोभिड अस्पतालका लागि एक हजार थान पीसीआर भीटीएम किनिदिने भएको छ ।

जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिको आयोजनामा विहीवार विर्तामोडमा भएको छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

बैठकमा संयोजक सोमनाथ पोर्तेलसहित झापाका मुख्य राजनीतिक दलका प्रमुखहरुको उपस्थिति थियो ।

सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले पीसीआर विधिबाट कोरोना जाँचका लागि आवश्यक पर्ने भीटीएम किट खरिद गरी हस्तान्तरण गर्ने सहमति भएको बताएका छन् ।

भीटीएम अर्थात् भाइरल ट्रान्सपोर्ट मिडियम भनेको स्वाब राख्ने भाँडो हो ।

छलफलमा जिल्लास्तरीय समितिका संयोजक पोर्तेल, नेपाल कम्युनिष्ट पार्टी झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, जनता समाजवादी पार्टी झापाका अध्यक्षद्वय अनुतसिंह राजवंशी र दीपेन बाला राई , राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका वरिष्ठ उपाध्यक्ष कमलप्रसाद खरेलले कोरोना महामारी नियन्त्रणमा झापामा भएको कामको समीक्षासहित आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: