कचनकवल सीमामा भारतीयको फेरी दादागिरी - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

कचनकवल सीमामा भारतीयको फेरी दादागिरी

भद्रपुर । कचनकवलमा फेरि भारतीय नागरिकले सीमा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।

नेपाली भूमिमा प्रवेश गरेका भारतीय नागरिकलाई सीमा तैनाथ सशस्त्र प्रहरीले रोक्न खोज्दा उनीहरुले आक्रमण गरेको हो ।
भारतीय नागरिकले सशस्त्र प्रहरी हवल्दार शंकर चौधरीलाई कुटपिट गरेका छन् ।

कचनकवल गाउँपालिका–१ घेराबारीस्थित समरभिट्टा बस्तीदेखि पूर्वमा रहेको १२२ नम्बर पिलर नजिकै सशस्त्रको अस्थायी पोस्टमा राखिएको छ ।

पोस्टमा सशस्त्रका हवल्दार चौधरीसहित पाँच जना खटिएका थिए । पारी भारतीय बस्ती गिलावारि पर्छ ।

त्यहाँका ५÷७ जना भारतीय नागरिक शुक्रवार बिहान साढे ९ बजे नेपाली भूमिमै आएर घाँस काटेर फर्किन लाग्दा सशस्त्र प्रहरीले सीमामै रोकेर उनीहरुलाई नेपाल प्रवेश नगर्नु भनि सम्झाउन खोजेका थिए ।

किन सम्झाएको भन्दै भारतीय नागरिकले सशस्त्र प्रहरीलाई गालीगलौच गर्दै एक्कासि बाँसको भाटाले सशस्त्रका हवल्दार चौधरीको टाउकोमा प्रहार गरेका थिए ।

सोही क्रममा दुवै पक्षबीच सामान्य झडप भएपछि थप ५० देखि ६० जनाको भारतीय नागरिकको हुल आएर आक्रमणको प्रयास गर्न खोजेको गाउँपालिका ३ नम्बर वडा अध्यक्ष विजय राजवंशीले जानकारी दिए ।

उनका अनुसार भारतीय नागरिकले सशस्त्रका हवल्दार चौधरीलाई बाँसले प्रहार गरी कुटपिट गर्दा उनको हात र टाउकोमा चोट लागेको छ । (टाईम्सअफ प्रदेश डटकम)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: