भारतबाट आएका ३१५ जनाको आरडीटी टेष्ट (फोटो फिचर) - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

भारतबाट आएका ३१५ जनाको आरडीटी टेष्ट (फोटो फिचर)

मेचीनगर । भारतबाट काँकरभिट्टा भित्रिएका करिव ३१५ जना नेपालीहरुको शुक्रबार एकै खेपमा कोरोना परीक्षण गरिएको छ ।

विहीवार राति सीमा नाका काँकरभिट्टाबाट उनीहरु नेपाल भित्रिएका थिए । उनीहरुलाई आफ्नो जिल्ला पठाउनु पूर्व कोरोना परीक्षण गरिएको हो ।

मेचीनगरमा कोरोना जाँच्ने द्रुत विधि आरडीटीको किट अभाव भएपछि नगरपालिकाले प्रदेश सरकारसँग किट मागेको थियो ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले भारतबाट आएका करिव ३०० जना भन्दाबढीको शुक्रबारै आरडीटी किटबाट कोरोना परीक्षण गरिएको बताइन् ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले मेचीनगर नगरपालिकाबाट माग भए बमोजिम ३०० भन्दाबढीको आरडीटी किट पठाईदिएको वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले बताए ।

मेचीनगरमा भारतबाट भित्रिएका उक्त नेपालीहरुलाई काँकरभिट्टा माविको होल्डिङ सेन्टर, धाइजनको स्वास्थ्य चौकीको र इटाभट्टाको आदर्श मावि क्वारेन्टाइनमा राखिएको छ ।

काँकरभिट्टा माविका १४८, धाइजनको २२ जना र इटाभट्टाको क्वारेन्टाइनका १४५ जनाको आरडीटी टेष्ट गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

धाइजनको सकिएको छ भने ईटाभट्टा र काँकराभिट्टा माविको आरडीटी टेष्ट धमाधम भइरहेको छ ।

काँकरभिट्टा र ईटाभट्टामा रहेका ती नेपालीहरुलाई खाना खुवाउनदेखि सबै प्रकारको व्यवस्थापन होटल व्यवसायी संघ मेचीनगरले गरिरहेको संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: