मेचीनगरमा अब ‘हाम्रो मेचीनगर’ नामको पुस्तक पढाइ हुने - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

मेचीनगरमा अब ‘हाम्रो मेचीनगर’ नामको पुस्तक पढाइ हुने

।। अर्जुन कार्की ।।

मेचीनगर । मेचीनगर नगरपालिकाले नयाँ शैक्षिक सत्र २०७७ देखि ‘हाम्रो मेचीनगर’ नामक स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ ।

नगर कार्यपालिकाको बुधबार बसेको वैठकले नयाँ शैक्षिक सत्र २०७७ देखि ‘हाम्रो मेचीनगर’ नामक स्थानीय पाठ्यक्रम लागु गर्ने निर्णय गरेको हो ।

कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुले नगरभरिका प्रत्यक विद्यालयमा स्थानीय पाठ्यक्रमका रुपमा ‘हाम्रो मेचीनगर’ नामको पुस्तक पढ्नु पर्ने भएको छ ।

शिक्षा मन्त्रालयको नीति अनुसार आठ वटा विषयमा एउटा विषय स्थानीय सरकारले पाठ्यक्रम बनाएर लागु गर्न सक्ने छ ।

मेचीनगरको शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले नयाँ शैक्षिक सत्र २०७७ देखि नगरका सबै विद्यालयले ‘हाम्रो मेचीनगर’ नामको स्थानीय पाठ्यक्रम अनिर्वाय पढाउनु पर्ने बताए ।

पाठ्यक्रम निर्माण समितिका संयोजक समेत रहेका उनले बन्दाबन्दी खुलेपछि सबै विद्यालयमा उक्त पुस्तक पुग्ने जानकारी दिए ।

‘हाम्रो मेचीनगर’ पुस्तकको कक्षा १ मा सामाजिक चुनौती, पर्यावरण, पेशा तथा निर्वाय, जीवन उपयोगी सिपहरु, धर्म, सस्कृति र रीतीरिवाज, यौन शिक्षा लगायतका विषय रहेको उनले बताए ।

त्यस्तै कक्षा ८ मा सामाजिक नियमहरु, मेचीनगरको परिचय, साना ठुला उद्योग धन्दा, कृषि, नक्सा नापी, शैक्षिक प्रतिष्ठान, सुपारी प्रशोधन, चिया बगान, मल, सिमेन्ट, मेचीनगरका सिमसार, दधिकादो पर्व लगायत समेटिएका विषय रहेको शिक्षा शाखा प्रमुख भण्डारीले बताए ।

उनले नयाँ शैक्षिक सत्रमा कक्षा १, २, ३ र ६ सम्म यी विषयका र आगामी वर्षदेखि कक्षा ४, ५, ७ र ८ सहित १ देखि कक्षा ८ सम्मका पुस्तक पढाई हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: