५०७ सहित ४० जिल्लामा पुग्यो संक्रमण - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

५०७ सहित ४० जिल्लामा पुग्यो संक्रमण

झापा । थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार बाँके जिल्लामा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये भेरी अस्पतालमा परीक्षण गरिएका १८ देखि ६१ वर्षका पुरुषहरु छन् ।

जसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका १३ जना रहेका छन् ।

त्यस्तै संक्रमित मध्ये कैलालीका ३ जना रहेका छन् । कैलालीका १९, २३ र २६ वर्षका व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मोरङ रतुवामाईका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

शुक्रबार डडेल्धुरा र बैतडीमा नयाँ संक्रमण पुष्टि भएको छ ।

डडेल्धुराका २८ वर्षका पुरुष र बैतडीका २२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएसँगै संक्रमण फैलिने जिल्ला ४० पुगेको छ ।
योसँगै संक्रमितको संख्या ५०७ पुगेको छ । (पहिलोपोष्टबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: