भारतबाट आएका १५ जनामा एन्टीबडी पोजेटिभ - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

भारतबाट आएका १५ जनामा एन्टीबडी पोजेटिभ

मेचीनगर । भारतबाट काँकरभिट्टा भित्रिएका करिव ३१५ जना नेपालीहरुको शुक्रबार आरडीटी टेष्ट गर्दा १५ जनामा एन्टीबडी पोजेटिभ  भेटिएको छ ।

काँकरभिट्टा माविको होल्डिङ सेन्टर, धाइजनको स्वास्थ्य चौकी र इटाभट्टाको आदर्श मावि क्वारेन्टाइनमा भारतबाट आएर बसेका नेपालीहरुमध्ये १५ जनामा एन्टीबडी पोजेटिभ भेटिएको हो ।

काँकरभिट्टा माविका १४८, धाइजनको २२ र इटाभट्टाको क्वारेन्टाइनका १४५ जनाको कोरोना भाइरसका लागि आरडीटी टेष्ट गर्दा उक्त संख्यामा एन्टीबडी पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

उनीहरुको शनिबार पीसीआर टेष्ट गरि विराटनगर स्थित कोरोना परिक्षण गर्ने प्रयोगशालामा पठाइने उनले बताए ।

विहीवार राति सीमा नाका पानीट्याङ्कीबाट उनीहरु काँकरभिट्टा भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: