कोरोना अस्पताल, मेची अस्पतालमा राख्नुहुँदैन ः सिटौला - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

कोरोना अस्पताल, मेची अस्पतालमा राख्नुहुँदैन ः सिटौला

भद्रपुर । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भद्रपुर स्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनलाई कोरोना उपचार केन्द्र बनाउन नहुने बताएका छन् ।

नेपाली काङ्ग्रेस क्षेत्रीय समितिले गरेको भिडियो कन्फेरेन्सलाई सम्बोधन गर्दै नेता सिटौलाले विकल्पका रुपमा कलवलगुडी प्रशिक्षण केन्द्र वा चन्द्रगढी स्थित खाद्य संस्थानको खाली गोदाम हुँदा हुँदै विपन्न नागरिकको उपचारको केन्द्र विन्दु रहेको उक्त अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन नहुने बताएका हुन् ।

पूर्व उपप्रधानमन्त्री तथा गृह मन्त्रीसमेत रहिसकेका सिटौलाले प्रदेश सरकारले झापामा कोरोना उपचार अस्पताल निर्माण गर्ने निर्णय स्वागत योग्य भए पनि अञ्चल अस्पताललाई रुपान्तरण गर्न गरिएको निर्णय गलत भएको दावी गरे ।

उनले अहिले तत्काल भन्दा दीर्घकालसम्म सोचेर निर्णय लिनु पर्ने सरकारका प्रतिनिधिहरु हठात्मा निर्णयमा पुग्नु भद्रपुरबासीका लागि दुर्भाग्य भएको भन्दै निर्णय सच्याउन समेत आग्रह गरे ।

सिटौलाले स्थानीय सरकार सचेत भएर अञ्चल अस्पतालको अस्तित्व बचाउँन पनि कोरोना उपचार केन्द्र अन्यत्रै लैजान निर्णय सच्याउन लागि पर्नु पर्ने बताए ।

साँगुरो ठाउँमा रहेको अञ्चल अस्पताल परिसरमा अन्य विरामी र कोरोना रोगीको एकैसाथ उपचार हुन नसक्ने जान्दा जान्दै नयाँ भवनको नाममा ५० मिटरकै हाराहारीमा कोरोना उपचार केन्द्र बनाउने निर्णयले अञ्चल अस्पतालको उपचार सेवा व्यापारिकरणका लागि अन्यत्र सार्न खोजिएको हो कि भन्ने प्रश्न उब्जिएको उनको भनाई छ ।

नेता सिटौलाले क्वारेन्टाइन, आइसोलेसन तथा कोरोना संक्रमितलाई समेत व्यवस्थित गर्न नसक्ने सरकार बहुसंख्यक विपन्नको पक्षमा काम गर्न नसकेको प्रमाण अञ्चल अस्पतालमा कोरोना उपचार केन्द्र निर्माण प्रकरण जोडिएको प्रष्ट्याए ।

उनले अति आवश्यकीय उपचारका विभिन्न केन्द्रहरु रहेको मेची अस्पताल परिसरसित जोडिएको बस्ती समेत जोगाउन कोरोना अस्पताल उक्त स्थानभन्दा बाहिर निर्माण गरिनु पर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: