दशगजामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

दशगजामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

झापा । गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा हात्ती लखेट्न आएका एक जना भारतीय युवाको हात्तीको आक्रमणमा परेर सोमबार मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार साँझ ६ बजे बच्चासहित आएको हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको छ ।

हात्तीलाई नेपाली र भारतीय नागरिकहरुले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवालाई आक्रमण गरेको थियो ।

हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ ।

घटनाको खबर पाए लगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: