हावाहुण्डरीले मेचीपुलमा अलपत्र नेपालीको विजोग - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

हावाहुण्डरीले मेचीपुलमा अलपत्र नेपालीको विजोग

मेचीनगर । भरखरैै आएको मुसलधारे वर्षासँगैको हावाहुण्डरीले भारतको सीमा नाकाबाट लुकिछिपि आएर मेचीपुलमा अलपत्र परेका नेपाली नागरिकहरुको विजोग भएको छ ।

मङ्गलबार राति ७ वजे वर्षासँगै आएको हावाहुण्डरीले करिव २ सयको हारहारीमा मेचीपुलमा रहेका अलपत्र नेपालीहरुको झन विजोग भएको हो ।

नेपाल–भारतको दशगजाको खोला बगरकोबीच मेची पुलको खुला आकाशमा अलपत्र बस्न बाध्य उनीहरुको हावाहुण्डरीसहितको पानीले तितरवितर पारिदिएको छ ।

त्यहाँ रहेका करिव ५ सय जनामध्ये दिउसो ३ सय जना जतिलाई बसमा हालेर आफ्नै जिल्लाको क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको थियो ।

बाँकीका लागि मेचीनगर नगरपालिका र स्थानीय संघ–संस्थाहरुले खानाको व्यवस्था गरेको जनाएको छ ।

मेचीनगरपालिकाले उनीहरुको ज्वरो जाँच्ने र खाना खुवाउने गरेपनि अन्य सम्पूर्ण जिम्मा जिल्ला प्रशासन कार्यालय, कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा अनुगमन समिति झापाको रहेको नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।

वर्षासँगै आएको हावाहुण्डरीले झापाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । सडकका रुखहरु लडेका छन् भने विजुलीका तार झेरको जनाइएको छ । बिद्युत आउँन केहि समय लाग्ने बताइएको छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: