कोरोना संक्रमणको जोखिममा मेचीनगर (फोटो फिचर) - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

कोरोना संक्रमणको जोखिममा मेचीनगर (फोटो फिचर)

।। अर्जुन कार्की ।।

मेचीनगर । पूर्वी सीमा नाकाबाट नेपाल आउने र भारत जाने मानिसहरुको घुइँचो लागेसँगै मेचीनगरमा कोरोना संक्रमणको जोखिम बढ्न थालेको छ ।

कोरोनाको जाँच नगरी दिनैपिछे नेपाल आउने र भारत जाने मानिसहरुको संख्या बढेसँगै मेचीनगरमा कोरोनाको जोखिम बढ्न थालेको हो ।

भारतबाट पानीट्याङ्की नाका हुँदै मेचीपुल आएका नेपाली नागरिकहरु तथा पश्चिम नेपालदेखि भारत हिडेका सयौँ भारतीयहरुका कारण पूर्वी नाका काँकरभिट्टा झनबढी कोरोनाको जोखिममा परेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले एकहप्तामा करिव २ हजार भन्दाबढी नेपाली नागरिकहरु भारतबाट आएको बताए ।

विहीबार दिउँसो मात्र करिव २ सय जना नेपालीलाई मेची पुलबाट सम्बन्धीत जिल्लाको क्वारेन्टाइन पठाइएको उनले जानकारी दिए ।

केहि बाँकी रहेका नेपालीलाई काँकरभिट्टा माविको होल्डिङ प्वाइन्ट र आदर्श मावि ईटाभट्टा तथा धाइजनको स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको डिएसपी पोखरेलले बताए । उनीहरुलाई मेचीनगरपालिकाले खानाको व्यवस्था गरेको छ ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ५ मिनेटमा सवारी तथा नागरिकको पास इमेलमार्फत प्रहरीलाई पठाएर सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा पठाउने गरिएको छ ।

यता एकहप्तामा नेपालका विभिन्न जिल्लाबाट भारत जान आएका करिव १५ सयबढी भारतीयहरुलाई मेचीपुलबाट पठाइएको स्थानीयको भनाई छ ।

भारत जानेहरु काँकरभिट्टा बसपार्कमा, भारतबाट आउने नेपालीहरु मेचीपुलमा अलपत्र पर्ने गरेका छन् भने भारतीय मालबाहक गाडीहरु पनि दिनहुँ सयौँको संख्यामा नेपाल भित्रिरहेका छन् ।

कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले भारतबाट आउने १ नम्बर प्रदेश बाहेकका जिल्लाका नागरिकलाई सम्बन्धीत क्वारेन्टाइनमा बस्ने गरीको पत्र दिएर पठाउने गरिएको उनले बताए ।

उनका अनुसार प्रदेश एकका नागरिकलाई भने झापाका पालिकाहरुको क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

भारतबाट मेची पुलमा आएका नेपालीलाई आरडीटी, पीसीआर र ज्वरो समेत जाँच नगरी मेचीनगरका विभिन्न क्वारेन्टाइन र होल्डिङ प्वाइन्टमा राख्ने गरिएको छ ।

‘भारतबाट आउने नेपालीहरुले नाकामा जुलुस लगाउन थालेपछि भित्राउन थालिएको हो’ संयोजक पोर्तेलले भने–‘१४ दिन नपुग्ने भएकोले उनीहरुको पीसीआर र आरडीटी टेष्ट सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा टेष्ट गर्ने गरी पठाइएको छ ।’

‘मेचीनगरमा कोरोनाको जोखिम त बढ्यो तर, गाडी चालक, सुरक्षाकर्मी र सथानीयहरुलाई सुरक्षित रहेर काम गर्नु भनेका छौँ । नगरबासीहरुले पनि लकडाउनको पूर्ण पालना गरेर घरमानै बस्नु पर्छ’– उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: