लकडाउन जेठ ३२ सम्म, सेना परिचालन गरिने - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

लकडाउन जेठ ३२ सम्म, सेना परिचालन गरिने

झापा । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए ।

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ गतेसम्म बन्द हुनेछ ।

मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषद् बैठक अघि सुरक्षा परिषद् बैठक बसेको थियो । परिषद्को सिफारिस अनुसार मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: