मेचीनगरका ६ जना कोरोना जितेर घर फर्किए – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

मेचीनगरका ६ जना कोरोना जितेर घर फर्किए

मेचीनगर । मेचीनगरका संक्रमित ४२ जना मध्ये ६ जनाले कोरोना भाइरसको संक्रमण जितेर घर फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेमा मेचीनगर वडा नम्बर १, ३, ४ र ६ का १÷१ जना र वठा नम्बर ५ का २ जना हुन् ।
निको भएर घर फर्किएका ६ जना होम क्वारेण्टिनदेख सामुदायकि क्वारेण्टिनमा बसेका थिए ।

मेचीनगरपालिकाका नगरप्रमुख विमल आचार्यले विश्व महामारीका रूपमा फैलिएको कोरोनासँग जुध्न नगरवासीसहित सबैसँग सहकार्यका लागि नगरपालिकाले हात बढाएको बताए ।

‘शुरुदेखि नै हामी लागिरहेका छौँ’ नगरप्रमुख आचार्यले भने–‘अहिले पनि सारा काम छाडेर हामी यसैमा लागिरहेका छौँ । ’

आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री र नगरकै स्वाथ्यकर्मीको टोलीको प्रबन्ध मिलाइरहेको बताउँदै प्रमुख आचार्यले नगरवासीले भोको बस्नुपर्ने र उपचार नपाउने अवस्था सिर्जना हुन नदिन स्थानीय सरकार सक्रियपूर्वक अघि बढेको उनको भनाई छ ।

उपप्र्रमुख मीना पोखरेल उप्रेतीले कोरोना ल्याउछ, सार्छ भनेर विदेशबाट आएका व्यक्तिलाई गाउँघरमा पस्न नदिने, दुव्र्यव्यहार गरेर संक्रमण नरोकिने यसले सामाजिक एकता सदभाव खलबलिने भएकाले विदेशबाट फर्किएका व्यक्तिलाई भेद्भाव नगरी सम्मानित ढंगले क्वारेण्टिनमा बस्न प्रेरित गर्नुपर्ने बताइन् ।

नगरपालिकाको स्वास्थ्य शाखाकी संयोजक शशीकला राईका अनुसार २२ असार सम्मामा नगरपालिका र स्वास्थ्य कार्यालय झापाको स्वास्थ्यकर्मीहरुको टोलीले नगरका विभिन्न सामुदायिक तथा होम क्वारेण्टिन र होल्डिङ सेन्टरमा बसेका २ हजार ७ सय ६३ जनामा कोरोनाको संक्रमण परीक्षण गरिएको छ ।

संयोजक राईले १ हजार ३ सय ७५ जनाको आरडीटी र १ हजार ३ सय ८८ जनाको पीसीआर का लागि थ्रोड स्वावको नमूना संकलन गरी प्रदेशमा रहेका १ नम्बर प्रदेश प्रादेशिक प्रयोगशाला विराटनगर तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगायतका प्रयोगशालामा पठाइएको बताइन् ।

पीसीआर परीक्षण गरिएका १३८८ जना मध्ये ४२ जना रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएकालाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचा गोठगाउँ मोरङमा रेफर गरिएको संयोजक राईले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: