सरिता गिरी पार्टीबाट निस्कासित, सांसद पद पनि गयो – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

सरिता गिरी पार्टीबाट निस्कासित, सांसद पद पनि गयो

मेचीनगर । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसै अनुसार निर्णय भएको एक नेताले जानकारी दिए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी थिइन् । (अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: