दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवलदारको विएण्डसीमा उपचार हुँदै – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवलदारको विएण्डसीमा उपचार हुँदै

मृतक प्रहरी जवान अधिकारी

मेचीनगर । आइतबार राति बिर्तामोडमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत दुई जना प्रहरी मध्ये एक जना प्रहरीको मृत्यु भएको थियो भने अर्का प्रहरी गम्भीर घाइते भएका थिए ।

काँकरभिट्टामा कार्यरत प्रहरी जवान त्रियुगा नगरपालिका–२ उदयपुर निवासी ३३ वर्षीय वीरप्रसाद अधिकारी (वीरु) र पाँचथर हिलियाङ–५ का ३९ वर्षीय प्रहरी हवलदार गेहनाथ तिम्सिना आइतबार राती १० वजे को ३ प १९३३ नम्बरको मोटरसाइकलमा पश्चिम जाँदै गर्दा बिर्तामोड स्थित सुगम पेट्रोलपम्प नजिकै आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि विएण्डसी अस्पताल लगिएको थियो । मोटरसाइकल चालक अधिकारीलाई अस्पतालले तत्काललै मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीसँग सवार प्रहरी हवलदार तिम्सिनाको टाउको, दाहिने हात र दाहिने खुट्टामा चोट लागेको थियो । उनको विएण्डसी अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

राती काम विशेषले मोटरसाइकलमा पूर्वबाट पश्चिम जाने क्रममा बिर्तामोड स्थित सुगम पेट्रोल पम्प नजिकै दुवै जना प्रहरी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख डिएसपी राजेन्द्र पोखरेलले बताए । अधिकारीको घरैमा लगेर अन्त्यष्टि गरिएको छ भने तिम्सिनाको विएण्डसीमा उपचार भईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: