पार्टी एकताका लागि युवा नेताहरुको खवरदारी – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

पार्टी एकताका लागि युवा नेताहरुको खवरदारी

मेचीनगर । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भइरहेको घेरावन्दी भारतको इसारामा भएको युवा नेताहरुले बताएका छन् ।

मङ्गलबार बिर्तामोड स्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा भएको खवरदारी सभालाई सम्बोधन गर्दै युवा नेताहरुले भारतको इसारामा नेकपाका नेताहरु दौडिएको आरोप लगाए ।

घेराबन्दीको विरुद्धमा खवरदारी गर्दै युवा नेताहरुले प्रधानमन्त्री विरुद्धको षडयन्त्र सह्य नहुने बताएका छन् । उनीहरुले प्रधानमन्त्री ओली जनताको अभिमतले त्यहाँ पुगेको भन्दै स्वार्थका कारण हटाउन नमिल्ने बताए ।

युवा नेता राजु कार्कीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली विरुद्धको घेराबन्दीले मुलुकलाई नोक्सान हुने बताएका छन् । उनले विकास निर्माणको महाअभियानमा लागेको सरकार विरुद्धको गतिविधिले भारत मात्रै खुशी हुने तर्क गरे । कार्कीले मुलुकलाई जोगाउन ओलीले गरेको त्याग अन्य नेताले स्वीकार गर्न नसकेको आरोप लगाए ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य पर्वतराज भण्डारीले माधवकुमार नेपाल र प्रचण्डलाई प्रधानमन्त्री ओलीको राजीनामा गराएर देखाउन चुनौति दिएका छन् ।

उनले नेपाल र प्रचण्डले पार्टी चलाउदा विलयको अवस्था पुगेको समयलाई स्मरण गर्न सूझाव दिए ।

उनले वषौँ पार्टी चलाएर पार्टीलाई कमजोर बनाउनेहरुले नैतिकता समेत ख्याल नगरी राजीनामाको कुरा उठाएको बताएका छन् । नेता भण्डारीले बहुमतको आधारमा प्रचण्डलाई पनि अध्यक्षबाट हटाउन नदिने बताए । उनले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने दिवा सपना नदेख्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य मनोज ताम्ली लिम्बूले ओली विरुद्ध षडयन्त्र गर्नुभन्दा महाधिवेशन फेस गरेर देखाउन चुनौति दिए । उनले पार्टीभित्र भारतको एजेन्ट बनेर काम नगर्न नेताहरुलाई चुनौति दिएका छन् ।

नेता ताम्लीले भारतीय एजेन्टहरुका कारण देशमा षडयन्त्रमुलक गतिविधि शुरु भएको बताए । राष्ट्रियताको पक्षमा लागेका राजनेता केपी ओली विरुद्ध लाग्ने नेताहरुलाई नङ्ग्याइदिने चेतावनी दिँदै नेता ताम्लीले भने, कम्यनिष्ट आन्दोलन झापालीकै कारण यहाँसम्म पुगेकोले यो खवरदारीलाई सामान्य रुपमा नलिन आग्रह गरे ।

उनले अध्यक्ष वा प्रधानमन्त्री बन्ने भए महाधिवेशन र आम निर्वाचनमा जितेर देखाउन ओली विरुद्ध लागेका नेताहरुलाई चुनौति दिए ।

ओली विरुद्ध लाग्नेहरु जनता र देशकै विरोधी रहेको दावी गरे । उनले आफुहरुको कार्यक्रम राष्ट्रको पक्षमा भएको तर्क गर्दै कुनै व्यक्तिको पक्षमा नरहेको बताएका छन् ।

कार्यक्रममा झापाली युवा विद्यार्थीको तर्फबाट पार्टी एकता मजवुद बनाउन ज्ञापन पत्र समेत बुझाईएको छ ।

ज्ञापन पत्र बुझाउदै अनेरास्ववियुका नेता डम्बर अधिकारीले पार्टी एकता विरुद्ध षडयन्त्रकारीले अनेकौँ भूमिका निर्वाह गरिरहेकोले तत्काल त्यस्ता गतिविधि रोक्न माग गरेका छन् ।

उनले पार्टी एकतालाई मजबुद बनाएर अघि बढाउन माग गर्दै युवा विद्यार्थीहरुले खवरदारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: