शैलेश थापा क्षेत्री आइजिपीमा नियुक्त – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

शैलेश थापा क्षेत्री आइजिपीमा नियुक्त

मेचीनगर । नेपाल प्रहरीको महानिरीक्षकमा (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन् ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८औँ आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

उनले अब २०७९ वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन् ।

शैलेश थापा क्षेत्रीले २०४९ वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए ।

उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए ।

क्षेत्री प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरुमध्ये एकमा पर्दछन् ।

अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश पाउँदैछन् । क्षेत्रीले बिहीबारदेखि संगठन सम्हाल्नेछन् । (सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: