मुख्यमन्त्री राईलाई खड्काको प्रश्न, ‘प्रशिक्षकको भूमिका के ?’ – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

मुख्यमन्त्री राईलाई खड्काको प्रश्न, ‘प्रशिक्षकको भूमिका के ?’

मेचीनगर । पूर्व राष्ट्रिय खेलाडी तथा नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काले प्रशिक्षक र व्यवस्थापकको भूमिका के हो भनेर प्रश्न उठाएका छन् ।

बुधवार प्रदेश १ सरकारले सागमा पदक जितेका खेलाडीहरुलाई पुरस्कार दिएको प्रसङ्गमा खड्काले खेलाडीहरुलाई बधाइ दिँदै प्रशिक्षक र व्यवस्थापन पनि उत्तिकै सम्मानको हकदार हुने तर्क अघि सारेका छन् ।

‘प्रदेश नम्बर एकले खेलाडीहरुलाई नगदसहित सम्मान गरेकोमा खेलाडीहरुलाई बधाई अनि प्रदेश प्रमुख लगायत सम्पूर्ण टिमलाइ धेरै धरै धन्यवाद,’ खड्काले फेसबुकमा लेखेका छन्,‘तर एउटा जिज्ञासा प्रशिक्षक अनि व्यवस्थापकको भूमिका के ?

यदि भूमिका छैन भने भन्नू प¥यो नत्र नेपालमा बसेर काम गर्ने चाहे त्यो प्रशिक्षक होस या व्स्थायवपन सबैको भूमिका महत्वपूर्ण हुन्छ र सबैले ससम्मान आफ्नो मुल्यांकन होस भनेर काम गरेका हुन्छन् यसमा मुख्यमन्त्रीज्युले के भन्न चाहनुहुन्छ ।’

खड्काले प्रशिक्षक र व्यवस्थापकको यो योगदानको कदर किन गरिएन भनेरसमेत प्रश्न उठाएका छन् । साथै उनले खेलमा खेलाडीसँगै प्रशिक्षक र व्यवस्थापकहरुको पनि त्यति नै योगदान हुने भन्दै ध्यानकर्षण गराएका छन् ।

‘मुख्यमन्त्रीज्युलाई उहाँहरुको जिम्मेवारी, उत्तरदायित्व र योगदानको कदर नभाएको हो कि भन्ने मलाइ लागेको जिज्ञासा हो,’ उनले लेखेका छन्, ‘म गलत हुँला । तर जति पनि नेपालमा बसेर काम गर्ने प्रशिक्षक होस या व्यवस्थापन सबै सम्मानका भोका हुन्छन् । त्यसैले यसतर्फ मुख्यमन्त्रीज्युको ध्यानाकर्षण गर्न चाहन्छु ! जय नेपाली फुटबल ।’

दक्षिण एसियाली खेलकुद सागमा खड्काले नेपाली महिला फुटबल टोलीको प्रशिक्षण सम्हालेका थिए । श्रेष्ठको स्टाटसमा सहमति जनाउँदै तेक्वान्दो प्रशिक्षक दीपक विष्ट यो सबै प्रदेशका लागि सन्देश हुने उल्लेख गरेका छन् ।

त्यस्तै उसुका पूर्व प्रशिक्षक रबिन श्रेष्ठ आफू यो विषय उठान गर्दा गर्दा थाकिसकेको बताउँछन् ।

‘आँ मलाई त दिक्क लागिसक्यो, गुनासो केही गर्दिनँ,’ उनी लेख्छन्,‘उमेरमा मरिहत्ते काम गरियो । कहिल्यै मूल्यांकन पनि भएन । अब पहिला जस्तो जोशजाँगर रहेन । अब केही आशा पनि छैन ।’

त्यस्तै अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्षसमेत रहेका नरेन्द्र श्रेष्ठ खड्काको विचारमा सही थप्दै कोचको पनि उचित मुल्याङ्कन हुनुपर्ने बताउँछन् ।

‘यसको जवाफ चाहिन्छ,’ राखेपका प्रशिक्षक राजेश श्रेष्ठ लेख्छन् ।

बुधवार प्रदेश १ सरकारले खेलाडीहरुको बैंक खातामै पैसा जम्मा गरिदिनुका साथै उपलब्ध खेलाडीहरुलाई सम्मान गरेको थियो । (पहिलो पोष्टबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: