सीपीएल खेल्न जाँदै सन्दीप – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

सीपीएल खेल्न जाँदै सन्दीप

मेचीनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न बिहीबार(भोली) बिहान ट्रिनिडाड एण्ड टोबागो प्रस्थान गर्ने भएका छन् ।

बुधबार कीर्तिपुरमा गरिएको पत्रकार सम्मेलनमा लामिछानेको यात्रा निश्चित भएको जानकारी दिइएको हो ।

अगष्ट १८ देखि ट्रिनिडाड एण्ड टोबागोमा सुरु हुने सीपीएल ट्वान्टी– २० खेल्नका त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

कोरोनाको कहरका कारण प्रशिक्षणमा कमी हुँदा पनि हाल खेलमा फर्किन पाउँदा खुसी लागेको सन्दीपले प्रक्रिया दिए ।

तेस्रो पटक सिपिएलमा सहभागिता जनाउन लागेका सन्दीप यसपटक जमैका तहल्लाबाजबाट खेल्ने भएका छन् ।

यसअघि सन्दिपले सिपिएलको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बेडोस ट्राइडेन्ट्सबाट खेलिसकेका छन् ।

जमैकाले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

पत्रकार सम्मेलनमा लामिछानेले त्रिवि क्रिकेट मैदानमा काम गर्दै आएका कर्मचारीहरुलाई एक लाख आर्थिक सहयोग गर्ने बताएका छन् ।

कोरोना भाइरसको कारण गरिएको लकडाउनका कारण १५ जना कर्मचारी प्रभावित भएको भन्दै सन्दीपले उनीहरुलाई एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ ।

सन्दीपका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दीप बिहीबार १० बजे कोरियन एअरलाइन्सको चार्टर्ड फ्लाइटमा अमेरिका हुँदै वेष्ट इन्डिज जाने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: