झापाका होटलहरु आजदेखि खुले – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

झापाका होटलहरु आजदेखि खुले

मेचीनगर,१५ साउन । गत चैतदेखि बन्द भएका होटलहरु आजबाट सञ्चालनमा आएका छन् ।

लकडाउन सुरु भएदेखि बन्द भएका देशभरिका होटल तथा रेष्टुरेन्ट बिहीबारबाट खुलेका हुन् ।

सरकारले साउन १५ देखि तोकेको मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरे अनुसार आजदेखि झापाका होटलहरु पनि खुल्न थालेका छन् ।

लकडाउन तथा बन्द अवधिको सेवा सुविधा सम्बन्धी केही समय अघिमात्र व्यवसायी र मजदुरका संगठनबीच सम्झौता भएको थियो ।

सरकारले आजदेखि खोल्न अनुमति दिए पनि पूरा क्षमतामा भने होटल खुल्ने छैनन् । व्यवसायीहरुका अनुसार ग्राहकको माग अनुसार मात्र खुल्ने छन् ।

रेष्टुरेन्ट भने यसअघि नै खुलिसकेका छन् । सरकारले यसअघि सीमित क्षमतामा मात्र खोल्नका लागि अनुमति दिए पनि रेष्टुरेन्टहरुमा त्यो पालना भएको थिएन् ।

तारे होटलहरूले भने यसअघि नै सन् २०२० को डिसेम्बरसम्म व्यापार आउने सम्भावना नभएकाले बन्दको घोषणा गरिसकेका छन् । यद्यपी बीचमै सीमित क्षमतामा होटल खोल्न सकिने सञ्चालकहरुले बताएका छन् ।

होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले आजबाट मेचीनगरका होटलहरु खुलेको बताए ।

‘मेचीनगरका दर्ता भएका तीनसय वटा होटल मध्ये करिव १५ वटा होटल बन्द भइसकेका छन्’, अध्यक्ष श्रेष्ठले भने–‘नेपालका पर्यटकलाई होटलमा सरकारको मापदण्ड अनुसार सुरक्षितसँग खानबस्न व्यवस्था गरेका छौँ ।’

‘भारतबाट आएकाहरुलाई क्वारेन्टिन भएका होटलमा सुरक्षित राख्ने व्यवस्था मिलाएका छौँ’–उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: