किन लाग्दैछ झापामा सशस्त्रलाई मात्रै कोरोना ? – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

किन लाग्दैछ झापामा सशस्त्रलाई मात्रै कोरोना ?

झापा, १५ साउन ।  झापामा खटिएका सशस्त्र प्रहरीमा लगातार कोरोनाको सङ्क्रमण भइरहेको छ । एक साताभित्र सशस्त्रका २३ जनामा कोरोनाको सङ्क्रमण भयो ।

साउन ९ गते काँकरभिट्टास्थित भन्सार राजस्व गस्ती गुल्मका १८ जनामा एकैचोटी सङ्क्रमण पुष्टि हुँदा खैलाबैला मच्चिएको थियो ।

तर, सशस्त्रमा कोरोना लागेको यो पहिलोपल्ट भने थिएन । अठार जनामा लाग्नु भन्दा दुई दिन अगाडि नै २ जनामा सङ्क्रमण पुष्टि भइसकेको थियो ।

सशस्त्रले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएर योगदान दिइरहेको अवस्थामा लगातार यस्तो खबरले चिन्ता बढाएको छ ।

तर, फेरि आज लखनपुरस्थित सशस्त्र प्रहरीको पाथिभरा गणका ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । काँकरभिट्टाबाट इलाममा गएका ५ जनालाई समेत कोरोना लागिसकेको छ ।

आखिर झापाकै र झापाबाटै अन्यत्र गएका सशस्त्र प्रहरीलाई कोरोना किन सङ्क्रमण हुन्छ ? यो विषय धेरै नै चिन्ताजनक भएको जानकारहरु बताउँछन् ।

काँकरभिट्टाको सीमा, क्वारेन्टाइन र होल्डिङ सेन्टरमा सशस्त्र प्रहरीले अग्रपङ्तिमा रहेर सुरक्षा प्रदान गरिरहेको छ । ठूलो सङ्ख्यामा सशस्त्रमा कोरोना लागेका कारण मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने आँकलन समेत गर्न थालिएको छ ।

सीमा नाका वा होल्डिङ सेन्टर कहाँबाट उनीहरुमा कोरोना सरेको हो भन्ने पत्ता लगाइएको छैन । सशस्त्रलाई लगातार कोरोनाले भेट्नुको खास कारण नपहिल्याउँदा उनीहरुका बारेमा गलत हल्ला समेत चल्न थालेको छ । छिटोभन्दा छिटो कन्ट्याक टे«सिङ गर्दै कारण पत्ता लगाउन जरुरी भएको जानकारहरु बताउँछन् ।

(समाचारमा प्रयोग भएका फोटोहरु झापा जिल्लाका होइनन् । )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: