काँकरभिट्टाका थप १२ जना सशस्त्र प्रहरीलाई कोरोना – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

काँकरभिट्टाका थप १२ जना सशस्त्र प्रहरीलाई कोरोना

मेचीनगर, १५ साउन । काँकरभिट्टा नाकामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मेचीनगरका १२ सशस्त्र प्रहरीसहित झापामा १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

होम क्वारेन्टिनमा बसेका अर्जुनधारा नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसअघि काँकरभिट्टा स्थित सशस्त्र प्रहरीको भन्सार राजस्व गस्ती गुल्मका २०, पाडाजुङ्गीका ३ र आज १२ जनासहित झापामा संक्रमित सशस्त्र प्रहरीको संख्या ३५ पुगेको छ ।

समुदायमा फैलिने त्रासका कारण ५ दिनअघि काँकरभिट्टामा सुरक्षाकर्मीसहित ११७ जना सर्वसाधारणको स्वाबको नमुना संकलन गरिएको थियो ।

त्यसमध्ये १२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको मेचीनगरपालिकाको सामाजिक विकास समिति संयोजक नविन बरालले जानकारी दिए ।

योसँगै झापामा संक्रमितको संख्या ३६९ जना पुगेका छन् भने निको भएर घर फर्किएका ३११ जना रहेको स्वास्थ्य कायालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: