अर्जुनधारामा सङ्क्रमितको छरछिमेकका घर पनि सिल – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

अर्जुनधारामा सङ्क्रमितको छरछिमेकका घर पनि सिल

अर्जुनधारा, १६ साउन । काठमाडौबाट गृहनगर अर्जुनधारा आएका एक पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनी विदेशबाट आएका व्यक्ति होइनन् ।

अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्कज भूर्तेलका अनुसार काठमाडौंबाट घर आउने क्रममा स्वाव परीक्षण गर्दा उनमा सङ्क्रमण देखिएको थियो । वडा नं. २ का उनी अर्जुनधाराका पहिलो स्थानीय सङ्क्रमित हुन् ।

नगरपालिकाले स्थानीय सङ्क्रमितलाई उपचारका लागि कोभिड हस्पिटल पठाएको छ भने उनको छरछिमेकीको घरहरु समेत आज सिल गर्दै पाँच दिनसम्म कसैलाई पनि घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

पाँच दिनपछि छरछिमेकका सबैको स्वाव परीक्षण गर्ने नगरपालिकाको तयारी रहेको भूर्तेलले बताए । नगरपालिकाले नगरभरि आज माइकिङ गर्दै नगरवासीलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: