ल्याण्ड फिल्ड साइडको स्थानीयद्वारा विरोध – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

ल्याण्ड फिल्ड साइडको स्थानीयद्वारा विरोध

मेचीनगर । मेचीनगरपालिकाले वडा नम्बर ८ मा निर्माण गर्न लागेको ल्याण्ड फिल्ड साइडको स्थानीयले विरोध गरेका छन् ।

शनिवार सेनेटरी ल्याण्ड फिल्ड साइड संघर्ष समितिले मेचीनगर–३ स्थित निन्दा घाटको मलामी विश्रामलयमा आयोजित पत्रकार सम्मेलनमा त्यसको विरोध गरेका हुन् ।

मेचीनगर–८ स्थित आदर्श माविको जग्गामा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि निर्माण गर्न लागेको ल्याण्ड फिल्ड साइडको विरोधमा मेचीनगर–८, ३, ५ र बुद्वशान्ति–५ का स्थानीयबासीहरु विरोधमा उत्रिएका छन् ।

कार्यक्रममा संघर्ष समितिका संयोजक एनु भट्टराई, सहसंयोजक नारायण गिरी, सदस्यहरु विष्णुलाल गिरी, कमला गिरी, पवन मेचे, बुद्वशान्ति–५ का रामकान्त चौधरी लगायतले मानव वस्तीलाई नै असर गर्ने गरी नगरपालिकाले फोहोर व्यवस्थापन गर्न लागेकोमा आपत्ति प्रकट गरेका थिए ।

कृषिको उर्वरभुमि रहेको यस क्षेत्रमा कृषि विश्वविद्यालय निर्माण गर्नुको साटो नगरपालिकाले फोहोर व्यवस्थापन गर्न लागेकोमा उनीहरुको गुनासो छ ।

‘हामी विकास विरोधी होईनौँ’, संयोजक भट्टराईले भने–‘कृषि क्षेत्रको विकासमा नगरपालिकाको स्वागत गछौँ । तर, मानव स्वास्थ्यलाई नै असर पर्ने गरी यहाँ फोहोर थुपार्न खोजियो भने त्यसको वडाबासीले जहिलै विरोध गर्नेछ ।’

पत्रकार सम्मेलनको सञ्चालन समितिकी सदस्य अग्नीमाया मेचेले गरेकी थिइन् । कार्यक्रममा स्थानीयबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नगरपालिकाले ल्याण्ड फिल्ड साइड निर्माणका लागि दातृ निकायबाट तत्कालका लागि ३ करोड रुपैयाँ आएको बताइएको छ । उक्त योजना सम्पन्न गर्न १३ करोड रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: