घरमै सुरक्षित रहेर बकर इद मनाउन प्रदेश प्रमुखको आग्रह – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

घरमै सुरक्षित रहेर बकर इद मनाउन प्रदेश प्रमुखको आग्रह

झापा, १७ साउन । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ प्यासीले इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद–उल–अजहा (बकर ईद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण राष्ट्रपे्रमी नेपाली इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले हजरत मुहम्मतको स्वीकृतिमा मनाउँदै आएको यस पर्वमा आत्मिक भावले अल्लाहसँग प्रार्थना गरी सामुहिक हर्षबढाइँका साथ शुभकामना आदान प्रदान गर्ने परम्परा रहेको जनाउँदै आज विश्व नै नोवल कोरोना भाइरस (कोभिड – १९) को महामारीले आक्रान्त पारिरहेको अवस्थामा भौतिक तथा सामाजिक दूरी कायम गरी बकर ईद पर्व मनाउन आग्रह गरेका छन् ।

बहुलजाति, बहुलभाषा, बहुसंस्कृति, बहुधार्मिक विशेषताले युक्त देश नेपालका राष्ट्रप्रेमी इस्लाम धर्मावलम्बीहरू एकता र राष्ट्रिय स्वाभिमानका प्रतिक भएको जनाउँदै बकर ईद पर्वले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवम् आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्र्वद्धन तथा विकास गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

उनले घर मै सुरक्षित रहेर बकर ईद पर्व भव्य र सभ्य रुपमा मनाउन  अनुरोध गर्दै कोभिड – १९ सँग लड्ने शक्ति अल्लाहले सबैलाई प्रदान गरून् भन्ने अभिलाषा राखेको शुभकमामना सन्देशमा उल्लेख गर्दै मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त यस पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: