नेपाल–चीन कुटनीतिक स्थापना भएको आज ६५ वर्ष – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

नेपाल–चीन कुटनीतिक स्थापना भएको आज ६५ वर्ष

मेचीनगर । आज अगस्ट १ नेपाल चीनबीच रहँदै आएको मैत्री तथा सांस्कृतिक सम्बन्धलाई कुटनीतिक रुपमा औपचारिकता प्रदान गरेको ६५ वर्ष पूरा भएको छ ।
सन् १९५५ मा औपचारिक रुपमा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

कुटनीतिक सम्बन्ध स्थापनाको ६४ वर्ष पूरा गरेको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग मिलेर काम गर्दै अगाडि बढ्न चाहेको बताएका छन् ।

राष्ट्रपति सीले नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सन्देश पठाउँदै नेपाल र चीनबीच कुटनीतिक सम्बन्धको महत्त्व दर्शाउँदै नेपाली समकक्षीसँग द्वीपक्षीय सम्बन्धलाई थप माथि उठाउन मिलेर काम गर्ने बताएका हुन् ।

उनले दुई देशबीचका जनताको फाइदाका लागि मिलेर काम गर्ने तथा क्षेत्रीय स्थायित्व र विकासका लागि सकारात्मक भूमिका खेल्ने बताएका छन् ।

उनले गत वर्ष नेपालमा भएको आफ्नो भ्रमणलाई स्मरण गर्दै भ्रमणले दुई देशबीचको द्वीपक्षी सम्बन्ध रणनीतिक साझेदारीमा बदलिएको बताएका छन् । विकास र समृद्धिका लागि अनन्तकाल सम्मको सम्बन्धको रुपमा अगाडि बढेको उनले जनाएका छन् ।

राष्ट्रपति सीले चीनले नेपाललाई हरसम्भव सहयोग गरिरहेको भन्दै कोभिड–१९ विरुद्धको संयुक्त लडाई दुई देशबीचको मित्रताको नयाँ अध्याय भएको समेत बताएका छन् ।

‘चीन नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशले एक अर्कालाई बराबरको सम्मान दिएका छन् । राजनीतिक आपसी समझदारी विकास गर्दै सामुहिक फाइदाका क्षेत्रमा साझेदारी गर्दै आएका छन्,’ राष्ट्रपति सीले भनेका छन् ।

यसैबीच राष्ट्रपति भण्डारीले पनि पत्र पठाउँदै चीनले नेपाललाई दिँदै आएको सहयोग प्रति आभार व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारी मानवजातिका साझा भविष्यका लागि चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरई)को स्वागत गर्दै नेपाल सहभागी भएको बताएकी छन् । उनले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न चीनले प्रदान गरेको सहयोगभन्दै धन्यावाद दिएकी छिन् ।

उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्यक औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गरेकी छिन् ।

साथै राष्ट्रपति भण्डारीले दुई देशबीच भएका सन्धी सम्झौताको कार्यान्वयन गर्दै चीनसँग मिलेर काम गर्ने बताएकी छन् ।
चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गरिन् ।

यता चिनियाँ प्रधानमन्त्री ली ख्छ्याङले समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै कोभिड–१९ विरुद्धको लडाईमा दुई देश मिलेर काम गरिरहेको र यसले दुई देशबीचको आपसी विश्वास र मित्रता थप बलियो बन्दै गएको बताएका छन् ।

उनले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउनका लागि चीन नेपालसँग वृहत साझेदारीलाई बलियो बनाउँदै काम गर्न चाहेको बताएका छन् ।

‘चीन नेपालसँग सबै क्षेत्रमा प्रकारका साझेदारीलाई बलियो बढाउँदै अगाडि बढ्न चाहन्छ र बेल्ट एण्ड रोडको उच्च गुणस्तर निर्माण तथा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन चाहन्छ,’ प्रधानमन्त्री लीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले पनि नेपाल र चीनबीचको सम्बन्ध स्थायी र स्वस्थ ढंगले अगाडि बढेको भन्दै माहामारीको बेलामा मिलेर काम गरिरहेको र आर्थिक उदयका क्षेत्रमा पनि चीनसँग मिलेर काम गर्ने बताएका छन् ।

(पहिलो पोष्टबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: