गोवाबाट मेचीनगर आएका श्रीमान–श्रीमतिलाई नै कोरोना

मेचीनगर, २७ साउन । मेचीनगरमा आज थपिएका दुई जना कोरोना संक्रमित भारतको गोवाबाट आएका श्रीमान–श्रीमति भएको पुष्टि भएको छ ।

गुवाबाट आएर धुलाबारी स्थित रोयल निर्माण होटलको क्वारेन्टिनमा बसेका एकै घरका ४ जनामध्ये मेचीनगर–९ का वर्ष ३७ का पुरुष (श्रीमान) र वर्ष ३० की महिला (श्रीमति) लाई मङ्गलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

चारै जना गोवाबाट आएका उनीहरु मध्ये छोरा र छोरीको पीसीआरको रिपोर्ट नेगेटिभ आएको मेचीनगरपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाले गुवाबाट आएर रोयल निर्भाण होटलको क्वारेन्टिनमा बसेका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ ।

उनीहरुको साउन २१ गते स्वाबको नमुना संकलन गरेर कोभिड–१९ अस्पताल धरान पठाइएको थियो ।

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ भने निको भएर घर फर्किएका ७६ जना पुगेको जनाइएको छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: