अख्तियारका प्रमुख घिमिरेलाई कोरोना

मेचीनगर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

घिमिरेलाई मङ्गलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो । केही दिनअघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो ।

त्यो दिनदेखि उनी कार्यालय आएका छैनन् । स्रोतका अनुसार उनी घरै आइसोलेसनमा बसेका छन् । अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन् ।

अख्तियारका अरू ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ । उनीहरूको रिपोर्ट अझै आउन बाँकी छ ।

(सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: