एउटा आलुको मुल्य ७ करोड !

मेचीनगर । हामी प्रतिकिलो ६० रुपैयाँले आलु किन्नलाई पनि मोल–तोल गर्दै अर्को पसल पुग्छौँ । तर एक व्यक्तिले एक–दुई रुपैयाँ हैन ७ करोड दिएर एक दाना आलु किनेका छन् ।

यूरोपीयन एक व्यपारीले सो आलूलाई यति धेरै मुल्य हालेका हुन् । वास्तवमा त्यो आलु नभइ आलुको तस्विर हो जुन यूरोपीयन व्यपारीले किनेका छन् ।

हुन त आलुको तस्विरको मुल्य सात करोड पनि अचम्मै कुरा हो । आलुको ७ करोडको यो तस्वीर एक यूरोपीयन व्यपारीले लाखौँ पाउण्डमा हालेका छन् । तर कारण के हो ?

चर्चित फोटोग्राफर लेन्समेन केविन अबशले आलुको तस्विर सन् २०१० मा खिचेका थिए । आलुको उक्त तस्विरलाई केविन अबशले चित्रकलामा सन् २०१० मै उतारे । केविन यस्ता चित्रकार हुन् जसको एक चित्रकला डेढ लाख डलरमा बिक्ने गरेको छ ।

बिजनेस र बिग पर्सनालिटि भएका केविन अफ्नो ‘ब्लेक ड्राप’ पोट्रेट फोटोग्राफीले चर्चीत छन् । केविनले हलिउड स्टार जोनी डेप्पको एक तस्विर खिचेका थिए जुन चर्चामा रहेको थियो । त्यसैले पनि केविनको प्रत्येक तस्विर लाखौँ डलरमा बिक्ने गरेको छ ।

चित्रकलाको मुल्य यति हुनुमा फोटोग्राफरलाई आलु निकै मन पर्नु पनि एक पक्ष हो । उनले आलुको धेरै चित्रकला बनाएका छन् त्यस मध्ये यो उनको उत्कृष्ट तस्विर हो ।

(श्रोत ः हाम्रा कुराबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: