वडामा गएर फोटो खिचाउने काम रोक्न प्रशासनलाई आग्रह

भद्रपुर, ३० साउन । भद्रपुर नगरपालिकाले नगरका विभिन्न वडामा भइरहेको राष्ट्रिय परिचयपत्र वितरणका लागि फोटो खिच्ने कार्य तत्काल स्थगन गर्न प्रशासनलाई आग्रह गरेको छ ।

नगर कार्यपालिकाको आज सम्पन्न बैठकले कोभिड १९ को संक्रमण बढिरहेको अवस्थालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय झापालाई उक्त आग्रह गरेको हो ।

प्रशासनले परिचयपत्रका लागि भन्दै साउन २७ गतेदेखि वडाहरुमा फोटो खिचाउने चरणबद्ध कार्य गर्दै आएको छ ।

नगरपालिकाले शनिवारदेखि भदौ २० गतेसम्मका लागि नगरभित्रका साप्ताहिक हाटबजार बन्द गर्ने समेत निर्णय गरेको नगरप्रमुख जीवन कुमार श्रेष्ठले बताए ।

कार्यपालिका बैठकले होटल, मदिरा पसललगायतका सबै व्यापार व्यवसायहरु भदौ २० गतेसम्म बन्द गर्ने, भारतबाट आएका मजदुरको पीसीआर टेस्ट गर्ने, भारतबाट सामान बोकेर आउने ढुवानीका गाडीलाई अनिवार्य रुपमा निसंक्रमण गर्न लगाउने, त्यस्ता गाडीका चालकलाई समुदायमा घुलमिल हुन नदिने, नगरपालिकाका सम्पूर्ण कर्मचारीको कोरोना बीमा गरिदिने, कोभिड नियन्त्रण सम्बन्धी गतिविधि आम नागरिकलाई दिन अलग्गै वेबपेज बनाउने र नगरप्रमुखको संयोजकत्वमा नगरस्तरीय कोभिड जोखिम व्यवस्थाप समिति गठन गर्ने निर्णय गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

निर्णयहरु क्रमशः यस्ता छन् ।

निर्णय नं. १
राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम स्थानीय तहबाट गर्नु गराउनु भनी कार्यक्रम शुरु भएको हुँदा कोरोना भाइरस संक्रमणको जोखिम (कोभिड १९) दिनानुदिन बढ्दो अवस्थामा रहेको हुँदा वडा वडा कार्यालयहरुमा श्रावण २७ गतेबाट संचालनमा रहेको कार्य हाललाई स्थगन गर्नका निमित्त जिल्ला प्रशासन कार्यालय झापालाई अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. २
यस नगरभित्र साप्ताहिक रुपमा लाग्ने हाटबजारमा मानिसहरुको चहलपहल बढी भएको र सदरमुकाममा बिभिन्न पालिकाहरुबाट आवागमन हुने हुनाले कोरोना भाइरस (कोभिड १९) संक्रमण समुदाय स्तरमा फैलन सक्ने सम्भावना उच्च रहेको हुँदा मिति २०७७।४।३१ गते देखि मिति २०७७ साल भाद्र २० गतेसम्मका लागि साप्ताहिक रुपमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरियो ।

निर्णय नं. ३
हाल कोरोना भाइरस (कोभिड १९) संक्रमण दिनानुदिन बढिरहेको हुँदा यस नगरपालिका भित्र रहेका औषधी पसल तथा स्वास्थ्य संस्थाहरु तथा अत्यावश्यकीय सेवासुबिधा बाहेक सम्पूर्ण होटल, मदिरा बिक्री कक्ष लगायत व्यापार व्यवसायहरु मिति २०७७ साल भाद्र २० गतेसम्मका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र विक्री वितरण गर्ने निर्णय गरियो ।

निर्णय नं. ४
भद्रपुर नगरपालिका भित्र बाह्य मुलुकबाट आएका मजदुरहरुको स्वास्थ्य परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने तथा मालसामान ढुवानीका साधनहरुलाई निर्मलिकरण गरी मात्र संचालनमा ल्याउन र समुदायमा चालकलगायत मानव सम्पर्क नहुने व्यवस्था मिलाउन भद्रपुर भन्सार कार्यालय भद्रपुरलाई अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. ५
भद्रपुर नगरपालिका भित्र रहेका कोरोना भाइरस ( कोभिड १९) संक्रमण सम्बन्धी रहेका सूचना तथा सन्देशहरुलाई प्रवाह गर्नका लागि छुट्टै वेव पेज बनाई सूचना प्रवाह गर्ने निर्णय गरियो ।

निर्णय नं. ७
हाल कोरोना भाइरस (कोभिड १९) संक्रमण दिनानुदिन बढीरहेकोले यस कार्यालयमा कार्यरत कर्मचारीहरुमा समेत कोरोना भाइरस (कोभिड १९) संक्रमण हुने जोखिम उच्च रहेको हुनाले यस नगरपालिका कार्यालयका कार्यरत सम्पूर्ण कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको कोभिड बीमा नगरपालिकाले गरिदिने भनी निर्णय गरियो ।

निर्णय नं. ८
यस भद्रपुर नगरपालिकामा कोरोना भाइरस (कोभिड १९ ) संक्रमण बढिरहेको हुँदा सोको व्यवस्थापन गर्नका निमित्त नगरप्रमुख जीवनकुमार श्रेष्ठज्यूको संयोजकत्वमा तपसिलका सदस्यहरु रहने गरी कोभिड १९ जोखिम ब्यबस्थापन नगर समिति गठन गर्ने निर्णय गरियो ।
तपसिल
१. श्री जीवनकुमार श्रेष्ठ
२. श्री चन्द्रमाया श्रेष्ठ
३. श्री तुलसी बहादुर श्रेष्ठ
४. श्री भिम बहादुर सुब्बा(वडाध्यक्ष)
५. श्री गौरब सुब्बा(वडाध्यक्ष)
६. मित्रा भट्टराई ,सामाजिक विकाश समिति संयोजक,
७. ममता लिम्बु ,बिपत बाताबरण समिति संयोजक ८.श्री जीवनकला राउत (सामाजिक बिकाश शाखा)
९. श्री मनोज भट्टराई( कोभिड १९ फोकल पर्सन) १०.प्रेमबहादुर भुजेल(शिक्षा युवा खेलकुद शाखा)
११. श्री चन्द्र प्रधान (असई,नगर प्रहरि)
१२) वडा प्रहरि प्रमूख
१३) शिबकुमार राजभण्डारी(नेकपा नगर अध्यक्ष)
१४)मोहन महर्जन नेका नगर सभापति
१५. राधा कार्की राप्रपा नगर अध्यक्ष
१६. सत्रुघन चौधरी
१७)अर्पण पौडेल

निर्णय नं. ९
यस भद्रपुर नगरपालिकाको काम कारवाहीलाई व्यवस्थित गर्न कानुनी परामर्श तथा सहयोगका लागि कानुनी सल्लाहकार आवश्यक परेको हुँदा अधिवक्ता श्री दिपेन्द्र भट्टराईलाई साविककै सेवाशर्त सुविधा बमोजिम २०७८ आषाढ मसान्तसम्मका लागि म्याल थप गर्ने निर्णय गरियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: