इन्डियन गाडीका चालक दलको पीसीआर टेस्ट अनिवार्य गराउन युनिटीको माग

मेचीनगर-१५ मा स्थानीय युवाले रोकेका भारतीय गाडी फर्काउँदै प्रहरी ।   (फाइल फोटो)

मेचीनगर, ३० साउन । युवाहरुको सामाजिक संस्था धुलावारी युनिटीले भारतबाट आइरहेका ढुवानीका साधनको चालक र सहचालकहरुको अनिवार्य पीसीआर टेस्ट गराउन माग गरेको छ ।

मालबाहक गाडीभित्र लुकेर भारतीय मजदुरहरु भित्रिरहेको आशंका बढिरहेको बेला युनिटीले त्यस्ता गाडीका स्टाफलाई कोरोना जाँचको दायरामा अनिवार्य समेट्न आवाज उठाएको हो ।

युनिटीका अध्यक्ष प्रकाश खड्काले समुदायमा कोरोनाको संक्रमण फैलिइरहेको अवस्थाप्रति मेचीनगरका जनप्रतिनिधि र प्रदेशका सांसद्हरु गम्भीर बन्न समेत आग्रह गरेका छन् ।

खड्काले कोरोना संक्रमितलाई राख्ने ठाउँको अभाव हुन थालेको जटिल अवस्था बारे अवगत गराउँदै आम्दा मेची अस्पताललाई अत्याधुनिक सुविधासम्पन्न कोभिड हस्पिटलको रुपमा विकास गर्न जोदार माग गरेका छन् ।

हाल मेचीनगरमा पीसीआर टेस्टमा ३ जना मात्र कर्मचारी खटाइएको जनाउँदै खड्काले कर्मचारीको संख्या बढाउन र एक घर एक व्यक्तिका आधारमा पीसीआर टेस्टलाई व्यापक विस्तार गर्न जोडदार माग गरेका छन् ।

हाल साविक मेचीनगरमा मात्र पीसीआर टेस्टको लगातार परीक्षण भइरहेको हुँदा साविकको ज्यामिरगढी, धाइजन, बाहुनडाँगी र दुहागढीमा टेस्टको व्यवस्था मिलाउन धुलावारी युनिटीले नगरपालिकालाई आग्रह गरेको छ ।

यसैबीच, भद्रपुर नगरपालिकाले भारतबाट मालसामान बोकेर आउने ढुवानीका साधनलाई अनिवार्य निर्मलिकरण गराउने र त्यसका चालक दललाई पीसीआर टेस्ट गराउने निर्णय गरिसकेको छ ।

काँकरभिट्टा नाकाबाट मेची भन्सार भित्रिदै गरेका भारतीय गाडीहरु ।  (फाइल फोटो)
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: