छिमेकीको फलामे गेटले किचेर बालिकाको मृत्यु

विर्तामोड, ३१ साउन । विर्तामोड–१ स्थित देवी पञ्चकन्या प्लटिङमा निर्माणाधीन घरको फलामे गेटले किच्दा आज विहान निर्मल सुनुवारकी छोरी ८ वर्षीया एन्जला सुनुवारको मृत्यु भएको छ ।

छिमेकीको घरमा भित्तामा ठड्याएर राखिएको फलामे गेटले एन्जला र उनकी दिदी ११ वर्षीया एलुन सुनुवारलाई किचेर घाइते बनाएको थियो ।

घाइते दुवैलाई उपचारका लागि विर्तामोडको विर्तासिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा बहिनी एन्जलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

फलामे गेट रहेको घर निर्मला चौहानको भएको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: